11 months ago
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा साउदी अरब विरुद्धको खेलमा टसमा ढिलाइ हुने भएको छ । नेपाली समय अनुसार ११:१५ बजे हुनुपर्ने टस पिचमा समस्या आएका कारण टस अहिलेसम्म पनि हुन सकेको छैन ।
नेपालले समूह विजेता बन्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । हिजो भएको खेलमा कतारले साउदी अरब माथि जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको थियो । त्यसकारण नेपालले आज केही खेलाडीलाई विश्राम दिने अनुमान गर्न सकिन्छ ।
नेपाल रहेको समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ खेलमा ६ अंक सहित शीर्ष स्थानमा हुनुका साथै सेमिफाइनलमा पुगिसकेको छ । क्रमश: तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हङकङको समान २ अंकमा छन् ।
सोही समयमा मलेसियाले हंङकङ विरुद्ध खेल्न बाँकी रहेको छ ।दोस्रो स्थानमा रहेर अन्तिम ४ मा पुग्ने टोलीको छिनोफानो रन रेटका आधारमा हुने भएको छ । कुनै पनि टोलीले ६ अंक बनाउन नसक्ने भएपछि नेपाल समूह विजेता बनिसकेको छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]