11 months ago
April 17, 2024
मस्कट (हाम्रो खेलकुद) – सेमिफाइनल पुगिसकेको नेपाली क्रिकेट टोलीले ओमानमा जारी एसीसी प्रिमियर कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज साउदी अरबको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।
समूह ‘ए’बाट विजेताका रुपमा नेपाल अन्तिम चारमा पुगिसकेको छ भने समूहको उपविजेताको टुंगो आज हुने खेलबाट लाग्नेछ । समूहमा ४ अंकसहित कतार दोस्रो स्थानमा छ भने समान २ अंक भएका साउदी तेस्रो, मलेसिया चौथो र हङकङ पाँचौं स्थानमा छ ।
आज एकै समयमा हुने समूहको अर्को खेलमा मलेसिया र हङकङबीच खेल हुनेछ । समूह चरणमा नेपालले यस अघि मलेसियालाई ५ विकेटले, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।
समूह ‘बी’मा ओमान ६ अंकसहित शीर्षस्थानमा छ । समान ४ अंक भएको कुवेत दोस्रो र संयुक्त अरब इमिरेन्ट्स तेस्रो स्थानमा छ । चौथो स्थानको बहराइनको २ र पुछारको कम्बोडिया अंक बिहिन छ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]