default_image

11 months ago

April 17, 2024

बटलरको शतकमा राजस्थानको कीर्तिमानी जित

3376 views

0 Bookmark

एजेन्सी – जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) मा कीर्तिमानी जित हासिल गरेको छ । आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ ।

राजस्थानले कोलकत्ताले दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम।बलमा ८ विकेट गुमाएर भेटायो । त्यसअघि २०२० मा आफूले नै किंग्स इलाभेन पञ्जाब विरुद्ध बनायो कीर्तिमान राजस्थानले आज बराबरी गरेको हो ।

आज राजस्थानको जितमा ओपनर बटलरले यस संस्करणको दोस्रो शतक जड्दै ६० बलमा ९ चौका र ६ छक्का सहित १०७ रन जडे । अन्तिम ओभरमा ९ रन चाहिएकोमा बटलरले वरुण चक्रवर्तीको बलमा पहिलो बलमा छक्का प्रहार गरे । त्यसपछि लगातार तीन बलमा रन नबनेपछि पाँचौं बलमा बटलरले २ रन लिए । त्यसपछि अन्तिम बलमा १ रन लिँदै बटलरले राजस्थानलाई जित दिलाए ।

राजस्थानका लागि रियान परागले १४ बलमा ३४ रन बनाउँदा रोभमन पावेलले १३ बलमा २६ रन बनाए । यशस्वी जैसवालले ९ बलमा १९ रन बनाए ।

कोलकत्ताका लागि हर्षित राना, सुनिल नरिन र वरुणले २-२ विकेट लिए भने वैभव अरोराले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले सुनिल नरिनको शतकको मद्दतमा ६ विकेट गुमाएर २२३ रन बनायो । नरिनले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै १०९ रन बनाए । यस्तै आंगृष रघुवंशीले ३० रन बनाउँदा रिन्कु सिंहले २० रन जोडे ।

राजस्थानका लागि आवेश खान र कुलदीप सेनले २-२ विकेट लिए भने ट्रेन्ट बोल्ट र यूजभेन्द्र चहलले १-१ विकेट लिए ।

जित पछि राजस्थान ७ खेलमा १२ अंक सहित शीर्ष स्थानमा यथावत छ । कोलकत्ता ६ खेलमा ८ अंक सहित दोस्रो स्थानमा छ ।

आईपिएलमा भोलि गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.