10 months ago
April 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत आत गरेको छ ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन मंगलबार लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
गण्डकीले दिएको १ सय ३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
लुम्बिनीका सुनिल भण्डारीले नटआउट रहँदै सर्वाधिक ६० रन बनाए । ४६ बल खेलेका उनले ९ चौका प्रहार गरे ।
आकाश त्रिपाठी ४४ र कप्तान देव खनाल १८ रनमा आउट हुँदा कृष्ण कार्की ३ रनमा नटआउट रहे।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३५ रन बनायो ।गण्डकीका अर्जुन कुमालले सर्वाधिक ३१ रन बनाए। १८ बल खेलेका उनले ५ चौका प्रहार ।
अमृत गुरुङ १३, ईश्वर क्षेत्री १२ र करण पंगेनी १२ रनमा आउट हुँदा कमल परियार १६ रनमा नटआउट रहे ।
लुम्बिनीका नर सार्कीले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। निर्मल गुरुङले २ र अभिषेक गौतमले १ विकेट लिए।
प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए।
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर गुल्सन झा एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित कार्यक्रममा गुल्सन र एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालका संस्थापक रोबेन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा गुल्सनले हस्ताक्षर गरेको जर्सी एजुकेशन कन्सल्टेन्सीलाई प्रदान गरे। सम्झौता तीन […]
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]