10 months ago
April 16, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।
समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ खेलमा ६ अंक सहित शीर्ष स्थानमा हुनुका साथै सेमिफाइनलमा पुगिसकेको छ । क्रमश: तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हङकङको समान २ अंकमा छन् ।
साउदी अरबले नेपाल विरुद्ध र मलेसियाले हंङकङ विरुद्ध खेल्न बाँकी रहेको छ । यो सँगै दोस्रो स्थानमा रहेर अन्तिम ४ मा पुग्ने टोलीको छिनोफानो रन रेटका आधारमा हुने भएको छ । कुनै पनि टोलीले ६ अंक बनाउन नसक्ने भएपछि नेपाल समूह विजेता बनेको छ ।
अल अमेरातमा टस जितेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । कतारका लागि कप्तान मुहम्मद तन्भिरले ४४ बल खेल्दै ३ चौका सहित सर्वाधिक ४३ रन बनाए । यस्तै शाहजैब जमिलले २७ बलमा ३८ रन बनाए भने सक्लेन अर्शदले १३ बलमा २३ रन जोडे ।
साउदीका लागि इश्तियाक अहमद, उस्मान खालिद र उस्मान नाजिबले २-२ विकेट लिए भने अतिफ-उर-रहमानले १ विकेट लिए ।
जवाफमा साउदी अरबले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ मात्र बनाउन सक्यो । साउदीका लागि वाजी उल हसनले ४० बलमा ५७ रन र कप्तान हिशाम शैखले ३२ बलमा २० रन बनाए । यस्तै काशिफ अब्बासले १७ र जैन उल अबिदीनले १६ रन जोडे ।
कतारलाई जित दिलाउन गयान मुनाविरा, मुसावर शाह र हिमांशु राथोडले २-२ तथा अमिर फारुक र मुहम्मद जाबिरले १-१ विकेट लिए ।
–कतारको दोस्रो जित हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ।
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर गुल्सन झा एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित कार्यक्रममा गुल्सन र एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालका संस्थापक रोबेन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा गुल्सनले हस्ताक्षर गरेको जर्सी एजुकेशन कन्सल्टेन्सीलाई प्रदान गरे। सम्झौता तीन […]
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]