default_image

11 months ago

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

3617 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो ।

यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ सय ६२ रनको कीर्तिमान १० वर्षसम्म कायम रहेको थियो । तर सो किर्तिमान यो संस्करणमा तीन पटक तोडिएको छ । हैदराबादले २ पटक कीर्तिमान बनाउनु बाहेक यो सिजन कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्स विरुद्ध २ सय ७२ रन बनाएको थियो ।

हैदराबादले २० ओभरमा ३ विकेट मात्र गुमाएर सो योगफल खडा गरेको थियो । हैदराबादका लागि ट्राभिस हेडले शतक प्रहार गरेका थिए । ३९ बलमा शतक पुरा गरेका उनी ४१ बलमा ९ चौका र ८ छक्का सहित १ सय २ रन बनाएर आउट भए ।

यस्तै हेनरिक क्लासेनले २ चौका र ७ छक्का सहित ३१ बलमा ६७ रन बनाए । अब्दुल समादले १० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै बनाए । अभिसेख शर्माले ३४ तथा एइड्न मार्क्रमले ३२ रन जोडे ।

बेंगलुरुका लागि लोकी फर्गुसनले २ तथा रिस टोप्लि १ विकेट लिए ।

जवाफमा बेंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६२ रन बनाउन सक्यो । बेंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्का सहित ८३ रन बनाएपनि जित तर्फ डोहोर्याउन सकेनन् ।

कप्तान फ्याफ डु प्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का सहित ६२ रन बनाए । विराट कोहलीले २० बलमा ४२ बनाए । अनुज रावतले २५ जोड्दा महिपाल लोम्रोरले १९ रन जोडे । जित पछि हैदराबाद ६ खेलमा ४ खेल जित्दै चौथो स्थानमा छ । बेंगलुरु भने ७ खेलमा १ जित सहित पुछारमा यथावत छ ।

आईपिएलमा मंगलबार हुने खेलमा कोलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्ने छन् ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.