default_image

11 months ago

April 15, 2024

मुम्बईमाथि चेन्नईको जित

3138 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्समाथि सानदार जित निकालेको छ । चेन्नईले मुम्बईलाई २० रनले हराएको हो ।

२ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो । रोहित र इशान शर्माले पहिलो विकेटका लागि ७.१ ओभरमा ७० रन जोड्दै दमदार सुरुवात दिलाएका थिए ।

इशान २३ रन बनाएर आउट भएपछि मुम्बईको लय बिग्रिएको थियो । सूर्यकुमार यादवले खाता खोल्न सकेनन् भने तिलक वर्माले ३१ रन जोड्दै टोलाई केहि आशा दिलाए । तर, अन्य खेलाडीबाट रोहितले राम्रो साथ पाउन नसक्नेपछि मुम्बई जितबाट विमुख भएको थियो ।

टिम डेभिडले १३ रन जाडे । रोहितले ६३ बलमा ५ छक्का र १ ११ चौकासहित नटआउट १ सय ५ रन बनाए । चेन्नईका मतिशा पाथिरानाले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमाले समान १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षेतिमा २ सय ६ रन बनाएको थियो । कप्तान गायकवाड र शिभम दुबेले अर्धशतक बनाए । रितुराजले ४० बलमा समान ५ चौका र छक्कामा ६९ रन बनाए ।

३८ बल खेलेका शिभमले १० चौका र २ चौकासहित ६६ रन जोडे । महेन्द्रसिंह धोनीले ४ बलमा ६ छक्कासहित २० रन बनाउँदै टोलीको स्कार बढाए । रचिन रविन्द्रले २१ र र्डेल मिचेलले १७ रन बनाए ।

मुम्बईका लागि हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले समान १ विकेट लिएका थिए । पाँचौं खेलमा चौथो खेल जितेको चेन्नई ८ अंकसहित दोस्रो स्थानमा छ । छैटौं खेलमा चौथो हार बेहोरेको मुम्बई ४ अंकसहित आठौं स्थानमा छ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.