10 months ago
April 14, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसिसि प्रिमियर कपमा हङकङ साउदी अरेबिया विरुद्ध स्तब्ध भएको छ । समूह ए अन्तर्गत अल अमेरातमा भएको खेलमा हंगकंगलाई साउदीले ५५ रनको हार चखाएको हो ।
साउदीले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ १८.५ ओभरमा १ सय ४७ रनमा समेटियो । हङकङका लागि कप्तान निजाकत खानले ५१ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ७३ रन बनाए । अंशुमन रथले १७ बलमा २३ रन जोडे । यस्तै जिशन अलिले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
साउदीका लागि उसमान नजिव र जेन अल अविदिनले समान ३ विकेट लिए । हिशाम शेखले २ तथा ईशतियाक अहमदले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरबले ८ विकेट गुमाएर २ सय २ रन जोड्यो । साउदीका लागि अब्दुल वाहिदले ५१ बलमा सर्वाधिक ७७ रन बनाए । यस्तै मनान अलीले १८ बलमा ४४ रन जोडे । फैसल खानले ३० तथा हिशाम शेखले २२ रन जोडे ।
हङकङका लागि एहसान खानले ३ तथा एइजाज खानले २ विकेट लिए । यस्तै आयुष शुक्ला र रौनक कपूरले समान १ विकेट लिए ।
समूह ए मा साउदी, हङकङ र मलेसियाको समान २ खेलमा समान २ अंक नै रहेको छ । यस समूहमा कतार अंकविहिन छ । नेपालको २ खेलमा ४ अंक रहेको छ ।
समूह बी मा ओमान र युएईको समान २ खेलमा समान ४ अंक छ । कुवेतको २ अंक रहँदा बहराइन र कम्बोडिया अंकविहिन छन् ।
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर गुल्सन झा एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित कार्यक्रममा गुल्सन र एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालका संस्थापक रोबेन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा गुल्सनले हस्ताक्षर गरेको जर्सी एजुकेशन कन्सल्टेन्सीलाई प्रदान गरे। सम्झौता तीन […]
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]