11 months ago
April 14, 2024
मस्कट (हाम्रो खेलकुद) – अलराउन्डर अकिब इल्यासले ह्याट्रिक लिएपछि एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह बी को खेलमा आयोजक ओमानले कम्बोडियालाई ६३ रनले पराजित गरेको छ ।
अल अमेरत मैदानमा आइतबार वर्षाले खेलको सुरुवात प्रभावित भएपछि ११ ओभरमा घटाइएको थियो । कम्बोडियाले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिने निर्णय सफल भने भएन । जितका लागि १ सय ५५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कम्बोडियाले ११ ओभरमा ७ विकेट गुमाएर ९१ रन मात्र जोड्न सक्यो ।
ओमानका अकिब इल्यासले ह्याट्रिक लिँदै कम्बोडियाको मध्यक्रमलाई ध्वस्त पारेका थिए । अकिबले छैटौं ओभरको चौथो बलमा विमुक्ति विराजलाई क्याच गराएपछि पाचौं बलमा एटिएन ब्युक्स र अन्तिम बलमा शर्वन गोदारालाई बोल्ड गरे ।
कम्बोडियाका कप्तान लुक्मन बटले सर्वाधिक ४१ रनको योगदान दिए । उनले २१ बलमा १ चौका र ४ छक्का प्रहार गरे । ओपनरद्वय उदय हथिन्जरले १८ तथा राम शरणले १२ रनको योगदान दिए । विमुक्तिले २ रन जोड्दा लक्षित गुप्ताले खाता खोल्न पाएनन् । ओमनाका अकिबले ४, मेहरान खानले २ तथा जिशान मकसुदले १ विकेट हात पारे ।
त्यसअघि ओमानले ११ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन जोड्यो । ओपनर नसीम खुसीले २७ बलमा ६९ रनको विष्फोटक इनिङ खेले । उनले २७ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए । उनी आठौं ओभरमा उत्कर्ष जेनबाट बोल्ड भए ।
तल्लोक्रममा रफी उल्लाहले ८ बलमा २ चौका र २ छक्कासहित २३ रन जोडे । ओपनर कश्यप प्रजापति ८ रन र कप्तान जिष्ण मक्सुद ८ रनमा आउट भए । अकिब इल्यासले १०, आयान खानले १६ तथा खालिद केलले १९ रन जोडे । कम्बोडियाका लागि शर्वन गोदारा, उत्कर्ष जेन र विमुक्ति विराजले २-२ विकेट हात पारे ।
आज हुने दोस्रो खेलमा समूह ए तर्फ हङकङ र कतार खेल्दैछन् । पहिलो खेलमा हङकङले कतारलाई हराउँदा साउदी अरब मलेसियासँग पराजित भएको थियो ।
समूह ए मा नेपालको ४ अंक हुँदा हङकङ र मलेसिया २-२ तथा साउदी र कतार पहिलो अंकको खोजीमा छन् । यता समूह बी मा यूएई र ओमानको ४-४ अंक हुँदा कुवेतको २ तथा कम्बोडिया र बहराइनले अंकविहिन छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]