10 months ago
April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – मलेसियाले ओमनमा जारी एसिसि प्रिमियर कपमा पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा नेपाल विरुद्ध पराजित मलेसियाले दोस्रो खेलमा साउदी माथि १२ रनको जित दर्ता गरेको हो ।
मलेसियाले दिएको १४७ रनको मध्यम लक्ष्य पछ्याएको साउदी अरबले १९.१ ओभरमा अलआउट हुदै १३४ रन मात्र बनाउन सक्यो ।
साउदी अरबका लागि वाजी उल हसनले २९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४० रन बनाए । यस्तै अब्दुल वाहिदले २६ बलमा ३२ रन जोडे । उसमान खालिदले १८ तथा हिशाम शाइखले १४ रन जोडे । अन्य ब्याटरले दोहोरो अंक समेत छुन सकेनन् ।
मलेसियाका लागि कप्तान भिरनदिप सिंहले ३ तथा विजयी उन्नी, खिजार हायत र मुहम्मद आमिरले २-२ विकेट लिए । पवनदिप सिंहले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४६ रन जोडेको थियो । मलेसियाका लागि अकिल वाहिद ४६ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६५ रन बनाए । शर्भिन मुनियाण्डीले २२ तथा विजयी उन्निले २० रन जोडे । मुहम्मद आमिरको १५ रनको योगदान रह्यो ।
साउदी अरबका लागि उसमान नजिबलिए ३ तथा इशतियाक अहमद, अहमद राजा, वाजी उल हसन र हिशाम शाइखले १-१ विकेट लिए ।
समूह ए मा रहेको मलेसियाको २ खेलमा २ अंक भएको छ । नेपाल २ खेलमा ४ अंक सहित शीर्ष स्थानमा छ । हंगकंगको १ खेल।ए २ अंक छ । साउदी अरब र कतार अंकविहिन छन् ।
समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् । हारेको समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले सन् २०२५ को च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको टोट पूर्णरुपमा निको हुन सकेका नहुदाँ च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने […]
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर गुल्सन झा एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित कार्यक्रममा गुल्सन र एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालका संस्थापक रोबेन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा गुल्सनले हस्ताक्षर गरेको जर्सी एजुकेशन कन्सल्टेन्सीलाई प्रदान गरे। सम्झौता तीन […]