default_image

9 months ago

April 13, 2024

दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङमा नेपालको विशाल योगफल

2348 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतार विरुद्ध विशाल योगफल खडा गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन जोडेको हो ।

नेपालका लागि दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का सहित २१ बलमा ६४ रन बनाए । उनले कुल ३ चौका र ७ छक्का प्रहार गरे । २०औं ओभरमा दीपेन्द्रले कम्रान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।

यस्तै ओपनर आशिफ शेखले ४१ बलमा ६ चौका सहित ५२ रन बनाए ।

ओपनर कुशल भुर्तेलले आज पनि लामो इनिङ खेलमा सकेनन् । तेस्रो ओभरको पाँचौं बलमा उनी १२ रन बनाएर अमिर फरूकको।बलमा क्याच आउट भए । कप्तान रोहित पौडेलले भने मध्यम सुरुवात पाएका थिए । तर १८ रनमा रहेको अवस्थामा उनलाई हिमांशु राथोडले क्याच आउट गराए ।

कुशल मल्लले भने विष्फोटक सुरुवात गरेका थिए । १८ बलमा २ चौका र ३ छक्का सहित ३५ रन बनाएर कुशल मल्ल मुसावर शाहको बलमा मोहम्मद इर्सादद्वारा क्याच आउट हुन पुगे ।

सुरुवाती समयमा तीन जीवनदान पाएका आशिफ शेख आउट हुने चौथो ब्याटर थिए । कतारले उनको क्याच दुई पटक छोडेको थियो भने उनी एक पटक क्याच आउट हुँदा थर्ड अम्पाएरले नोबल दिएका थिए ।

सन्दिप जोरालाई पनि मुसावरले ७ रनमा क्याच आउट गराए । मलेसिया विरुद्ध अन्त्यमा जित दिलाएका गुलशन झालाई हिमांशुले ५ रनमा रहेको अवस्थामा बोल्ड आउट गरे ।

आज टोलीमा आएका विवेक यादव पनि ५ रनमा मुसावरको बलमा आउट भए । सोमपाल कामी शून्यमा नटआउट रहे ।

कतारका लागि हिमांशु राथोड र मुसावर शाहले ३-३ विकेट लिए भने आमिर फरूकले १ विकेट लिए ।

नेपालको प्लेइङ-११:

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा

बेन्च: प्रतिश जिसी, अनिल शाह, करन केसी

December 30, 2024

स्युचाटार क्रिकेटमा मिक्समान्डुको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]

December 30, 2024

न्युजिल्याण्डलाई एक खेल अगावै सिरिज

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले श्रीलंकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । न्युजिल्याण्डले सोमवार भएको दोस्रो टि ट्वान्टी आई ४५ रनले जितेको छ । पहिलो टि ट्वान्टी आईमा घरेलु टोली ८ रनले विजयी भएको थियो । १ सय ८७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा १ सय ४१ रन मात्र जोड्न […]

December 30, 2024

दीपेन्द्र ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरी शारदा ग्रुपको ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर बनेका छन्। शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा र दीपेन्द्रले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता ३ वर्षको लागि रहेको बताइएको छ। सम्झौता रकम भने खुलाइएको छैन। दीपेन्द्रले शारदा ग्रुपसँग जोडिन पाउँदा खुसी लागेको बताए। नेपाल प्रिमियर […]

Success

Thank you for your time.