10 months ago
April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसिसि मेन्स प्रिमियर कप अन्तर्गत समूह बि को आज भएको पहिलो खेलमा कुवेतले सहज जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध पराजय भोगेको कुवेतले आज भयेक कम्बोडिया माथि ८ विकेटको सहज जित दर्ता गरेको हो ।
कम्बोडियाले दिएको १४२ रनको मध्यम लक्क्ष कुवेतले ११.२ ओभरमै २ विकेट गुमाएर भेटायो । कुवेतका लागि ओपनर रविजा सान्दारुवनले ३३ बलमा ३ चौका र ७ छक्का सहित सर्वाधिक ६१ रन बनाए । यस्तै मित भावसरले क्लिन्टो आन्तोले २२ रन जोडे । उस्मान पटेलले ९ रन बनाए ।
कम्बोडियाका लागि लुक्मान बट र साल्भिन स्टानलिले १-१ विकेट लिए ।
त्यसअघि अल अमेरात मैदानमा टस जितेर ब्याटिङ रोजेको कम्बोडियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनायो । कम्बोडियाका लागि राम शरणले सर्वाधिक ३० रन बनाउँदा लुक्मान बटले २४, एटिएन बिउकेसले २३ तथा शर्वन गोदाराले र भिमुक्थी भिराजले समान २२ रन बने ।
कुवेतका लागि शाहरुख कुद्दुस, इल्यास अहमद, पर्भिंदर कुमार र निमिश लतिफले समान १-१ विकेट लिए ।
जित पछि कुवेतको २ खेलमा २ अंक भएको छ । कम्बोडियाको भने आज पहिलो खेल रहेको थियो ।
प्रतियोगितामा युएई र बहराइन बिचको खेल जारी छ भने दिनको ४:१५ बजे समूह ए मा रहेका नेपाल र कतार तथा मलेसिया र साउदी अरेबिया भिड्ने छन् ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
February 12, 2025
एजेन्सी – स्टिभ स्मिथको कप्तानीमा आगामी साताबाट सुरु हुने च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टिम घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार स्मिथको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम अस्ट्रेलियन टोलीमा रहेका छैनन् । प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्श […]
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]