10 months ago
April 13, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कपको साविक विजेता नेपालले आज दोस्रो खेलमा कतारको सामना गर्दैछ । शुक्रबार भएको खेलमा मलेसियाविरुद्ध जित हासिल गर्दै उपाधि रक्षाका सुखद सुरुवात गरेको नेपालले आज कतारको सामना गर्नेछ ।
ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो ४:१५ बजे खेल सुरु हुनेछ ।
हिजो भएको खेलमा कतार भने हंगकंग विरुद्ध २६ रनले पराजित भएको थियो । नेपालले भने मलेसिया विरुद्ध संघर्षपूर्ण ५ विकेटको जित हासिल गरेको थियो ।
यसपटक टि२० फर्म्याटमा भइरहेको प्रतियोगितामा ८ टोली वरीयताका आधारमा छनोट हुँदा कम्बोडिया र साउदी अरब च्यालेन्जर्स कप प्रतियोगिताबाट छनोट भएका हुन् । गत संस्करण नेपालमै भएको एकदिवसीय फर्म्याटको प्रतियोगितामा नेपालले यूएईलाई फाइनलमा हराएको थियो ।
नेपालले यस प्रतियोगिताका लागि भारतमा त्रिकोणात्मक टि२० सिरिज खेलेर प्रतियोगिताको तयारी गरेको थियो । तर भारत भ्रमणमा प्रतियोगिता भन्दापनि प्रशिक्षण र ओमानको वातावरणसँग घुलमिल हुने अवसर बढी महत्त्वपूर्ण थियो ।
आज प्रतियोगिता अन्तर्गत समूह ए मा साउदी अरेबिया र मलेसिया पनि भिड्नेछन् । यस समूहमा हंगकंग पनि रहेको छ । प्रतियोगिताको समूह बी मा ओमान, यूएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।
समूह बी मा रहेका ओमान र युएईले हिजो भएका आ-आफ्ना खेलमा जित हासिल गरेका थिए ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले सन् २०२५ को च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको टोट पूर्णरुपमा निको हुन सकेका नहुदाँ च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने […]
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर गुल्सन झा एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित कार्यक्रममा गुल्सन र एभिन्यु एजुकेशन कन्सल्टेन्सी र ओएए स्टडी नेपालका संस्थापक रोबेन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा गुल्सनले हस्ताक्षर गरेको जर्सी एजुकेशन कन्सल्टेन्सीलाई प्रदान गरे। सम्झौता तीन […]