7 months ago
April 13, 2024
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित निकालेको छ।
जेक फ्रेसर म्याकग्रुकले आपिएल २०२४ मा डेब्यू गर्दै अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले शुक्रबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो ।
१ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले ११ बल बाँकी छँदा ४ विकेट गुमाएर १ सय ७० रन बनाउँदै खेल जितेको हो।
म्याकग्रुकले कप्तान ऋषव पन्तसँग तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। अस्ट्रेलियाली म्याकग्रुकले ३५ बलमा ५५ रन जोडे । उनले २ चौका र ५ छक्का प्रहार गरे । ऋषवले पनि ४१ रन बनाएका थिए ।
पहिले ब्याटिङ गर्दै लखनउले ७ विकेटमा बनाएको १ सय ६७ रनलाई उछिन्यो । लखनउका लागि आयुष बदोनीले सर्वाधिक ५५ रन बनाए । दिल्लीका लागि २० रन खर्चेर ३ विकेट लिएका कुलदीप यादव ‘प्लेयर अफ द म्याच’ बने ।
दिल्ली दोस्रो जितपछि १० टोली सम्मिलित आइपिएल अंक तालिकाको नवौं स्थानमा उक्लेको छ । लखनउ चौथो स्थानमा छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]