default_image

11 months ago

April 8, 2024

लखनऊद्वारा गुजरात पराजित

1163 views

0 Bookmark

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतवार भएको दोस्रो खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले गुजरात टाईटन्स माथि ३३ रनको जित हासिल गरियो हो ।

लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले बनाएको ३१ रन नै सर्वाधिक वनमा पुग्यो । यस्तै राहुल तेवातियालिए ३० र शुभमन गिलले १७ रन बनाउनु बाहेक अन्यको उल्लेखनीय प्रदर्शन रहन सकेन ।

लखनऊका लागि यश दयाल एक्लैले ५ विकेट लिए । यस्तै क्रुनाल पन्ड्याले ३ तथा नभिन उल-हक र रभि विश्नोईले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनायो । लखनऊका लागि मार्कस स्टोइनिसले ४३ बलमा सर्वाधिक ५८ रन बनाए । यस्तै कप्तान केएल राहुलले ३३ तथा निकोलस पुरनले ३२ रन जोडे । आयुष बडोनीले २० रन बनाए ।

लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले २-२ विकेट लिए भने राशिद खानले १ विकेट लिए ।

जित पछि लखनऊ ४ खेलमा ३ जित सहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ ।

आईपिएलमा सोमबार चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.