10 months ago
April 7, 2024
एजेन्सी – जारी संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा पाँच पटकको विजेता मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गरेको छ । चौथो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा मुम्बईले दिल्ली क्यापिटल्स विरुद्ध २९ रनको जित हात पारेको हो ।
मुम्बईले दिएको २३५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्का सहितको विष्फोटक ७१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । यस्तै पृथ्वी शवले ४० बलमा ८ चौका र ३ छक्का सहित ६६ रन बनाए । अभिषेक पोरेलले पनि ३१ बलमा ४१ रनको योगदान गरे ।
अन्य ब्याटर चल्न नसक्दा दिल्लीले लक्ष्य भेटाउन सकेन । मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए । यस्तै जस्प्रित बुम्राहले २ तथा रोमारियो शेफर्डले एक विकेट लिए ।
त्यसअघि वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३५ रन बनायो । मुम्बईका लागि कुनै पनि ब्याटरले अर्धशतक बनाएनन् । कप्तान रोहित शर्माले २७ बलमा सर्वाधिक ४९ रन बनाउँदै अर्धशतकबाट चुके ।
यस्तै टिम डेभिडले २१ बलमा ४५ रन बनाउँदा शेफर्डले १० बलमा ३ चौका र ४ छक्का सहित ३९ रन बनाए । कप्तान हार्दिक पान्ड्याले पनि ३९ रन बनाएका थिए ।
दिल्लीका लागि अक्सर पटेल र एनरिक नोर्ट्जेले २-२ विकेट लिँदा खेलील अहमदले १ विकेट लिए ।
जितपछि मुम्बई पुछारबाट माथि उक्लदै आठौं स्थानमा पुगेको छ । दिल्ली भने ५ खेलमा १ जित सहित पुछारमा पुगेको छ ।
आईपिएलको आजको दोस्रो खेलमा लखनऊ सुपर जाएन्ट्स र गुजरात टाईटन्स भिड्दै छन् ।
February 12, 2025
एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ । च्याम्पियन्स ट्रफीका साथै उनले मार्च […]
February 12, 2025
एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]