11 months ago
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रड एस्टविकलाई नियुक्त गरेको छ ।
क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै एस्टविकको नियुक्तिबारे जानकारी दिएको हो । बार्बाडोसका तीव्र गतिका बलरले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेपनि घरेलु क्रिकेट भने खेलेका छन् ।
एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको बलिङ प्रशिक्षकको रुपमा पनि काम गरेका छन् । उनले सन् २०१६ देखि २०२२ मा पटक पटक वेस्ट इन्डिजको जिम्मेवारी सम्हालेका थिए । नेपालका वर्तमान प्रशिक्षक मोन्टि देशाइ वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक हुँदा यी दुईले सँगै काम गरेका थिए ।
एस्टविकलाई आइसीसी टि२० विश्वकप सम्मका लागि अनुबन्ध गरिएको क्यान सचिव पारस खड्काले जानकारी दिए । खड्काका अनुसार एस्टविकले यसै साता ओमानमा सुरु हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीसँग जोडिनेछन् ।
एस्टविकले नेपाली क्रिकेटसँग जोडिन पाउँदा गर्वको अनुभव गरेको बताए । ‘नेपाली क्रिकेटसँग काम गर्ने अवसर पाउँदा गर्वको अनुभव गरेको छु । मैले पछिल्लो ८ वर्ष वेस्ट इन्डिजको सिनियर टोलीसँग बटुलेको अनुभव साट्नेछु । मैले नेपाली क्रिकेटको विकास र उदय हेरिरहेको छु । मैले आफ्नो तर्फबाट सकेको योगदान गर्नेछु,’ उनले भने ।
मुख्य प्रशिक्षक मोन्टि देशाइले एस्टविकसँग काम गरेको अनुभवले उनी नेपालको लागि राम्रो गर्नेमा विश्वस्त रहेको बताए । सचिव पारस खड्काले विश्वकप तयारी र वेस्ट इन्डिजको बारेमा जानकारी राख्ने भएकाले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]