default_image

9 months ago

April 7, 2024

नेपाललाई एसएमएस फ्रेन्डशिप कपको उपाधि

3191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कपको उपाधि उचालेको छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि उचालेको हो ।

नेपालले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले २८ बलमा सर्वाधिक ४० रन जोड्न सफल भए । यस्तै आर्य देसाईले २४ बलमा ३६ रन बनाए । रुद्र मयूर पटेलले १७ रन बनाए भने जयमित पटेलले १५ रन जोडे ।

नेपालका लागि अविनाश बोहोराले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै करन किसी र कुशल मल्लले समान १-१ विकेट लिए ।

त्यसअघि गुजरातको वापीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए ।

नेपालको सुरुवात केही सुस्त रहेको थियो । पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल २१ बलमा १९ रन बनाएर शेन पटेलको बलमा बोल्ड भएका थिए । उनी आउट हुँदा टोलीको स्कोर २१ रन रहेको थियो ।

दोस्रो विकेट भने १५औं ओभरमा खसेको थियो । कप्तान रोहित पौडेल सँगको ७७ रनको साझेदारी पछि आशिफ शेख ३४ बलमा ३४ रन प्रहार गर्दै जाला युवराज सिंहको बलमा आउट हुदै पेभेलियन फर्किए ।

तेस्रो विकेटका रुपमा रोहित तेजश पटेलको बलमा १९औं ओभरमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी अन्तिम ओभरमा ३ बलमा ७ रन बनाएर जयमित पटेलको बलमा क्याच आउट भए ।

कुशल मल्ल १३ बलमा ३१ रन बनाएर अविजित रहे भने अर्को तिर सन्दिप जोरा ३ बलमा ७ रन बनाएर नटआउट रहे । गुजरातका लागि शेन पटेल, तेजश पटेल, जाला युवराज सिंह र जयमित पटेलले समान १-१ विकेट लिए ।

नेपालले लिग चरणमा ४ मध्य ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो । अन्तिम खेलमा बरोडा विरुद्ध हार बेहोर्नु अघि नै नेपालले फाइनलमा आफ्नो स्थान बनाइसकेको थियो । गुजरात भने ४ खेलमा २ जित सहित फाइनल प्रवेश गरेको हो । आजको खेल ओमानमा हुने प्रिमियर कप अघि नेपालका लागि अन्तिम खेल रहेको थियो ।

नेपाली टोली भारतबाट सिधै ओमान तर्फ प्रस्थान गर्नेछ । प्रिमियर कपमा नेपाल रहेको समूहमा मलेसिया, हंगकंग, साउदी अरेबिया र कतार रहेका छन् । नेपालले अप्रिल १२ मा मलेसिया, अप्रिल १३मा कतार, अप्रिल १५ मा हंगकंग र अप्रिल १७ मा साउदी अरेबियाको सामना गर्नेछ । समूहको शीर्ष दुई टोलीले सेमीफाइनल खेल्नेछन् ।

December 26, 2024

सन्दीपले ‘जय ट्रफी’ मा बागमतीको कप्तानी गर्ने

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले जय ट्रफी २०८१ का लागि बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् । क्यानले मेन्स एलिट कप प्रतियोगितालाई नामकरण गरेर जय ट्रफीको नाममा आयोजना गर्न लागेको हो । माघको पहिलो साता मधेश प्रदेशको पर्सा र जनकपुरमा हुने प्रतियोगितामा बागमती प्रदेशसँगै ४ टोली खेल्दैछन् । प्रधानमन्त्री […]

December 26, 2024

जय ट्रफीको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि एलिट कप नाम राखिएको दुईदिवसीय क्रिकेट प्रतियोगितालाई जय ट्रफी नामकरण गर्दै खेलतालिका सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीवार एलिट कप प्रतियोगिताको खेलतालिका जारी गरेको हो । क्यानका पुर्व अध्यक्ष जय कुमार शाहको नाममा यस प्रतियोगितालाई ‘जय ट्रफी’ मेन्स एलिट कप नामाकरण गरिएको छ […]

December 26, 2024

अस्ट्रेलियाको राम्रो सुरुवात

एजेन्सी – बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ । अस्ट्रेलियाको मेलवर्न क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ सुरुवात गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको छ । अस्ट्रेलियाका स्टिभ स्मिथ ६८ रनमा नट आउट रहँदा कप्तान प्याट कमिन्स ८ रनमा […]

Success

Thank you for your time.