11 months ago
April 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज गुजरातको सामना गर्दैछ । नेपाल र गुजरात बीचको फाइनल खेल दिनको १:१५ बजे सुरु हुँदैछ ।
नेपालले लिग चरणमा ४ मध्य ३ खेल जित्दै फाइनल प्रवेश गरेको हो । अन्तिम खेलमा बरोडा विरुद्ध हार बेहोर्नु अघि नै नेपालले फाइनलमा आफ्नो स्थान बनाइसकेको थियो । गुजरात भने ४ खेलमा २ जित सहित फाइनल प्रवेश गरेको हो । आजको खेल ओमानमा हुने प्रिमियर कप अघि नेपालका लागि अन्तिम खेल हुनेछ ।
नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।
उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो ।
बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।तेस्रो खेलमा हिजो नेपाल २७ रनले विजयी भएको थियो ।
नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो । एक अवस्थामा २२-५ रहेकोमा बरोडाले इनिङ सम्हालेर सम्मानजनक स्कोर सम्म आफूलाई पुर्याएको थियो ।
यस्तै तेस्रो खेलमा नेपालले गुजरात माथि ८ रनको जित निकाल्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । अन्तिम खेलमा भने नेपालले बरोडा विरुद्ध ३७ रनको हार बेहोरेको थियो ।
नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।
एसएमएस फ्रेन्डसिप कप तालिका:
मार्च ३१ : नेपाल – गुजरात : नेपाल ८ विकेटले विजयी
अप्रिल १ : गुजरात – बरोडा : गुजरात ५ विकेटले विजयी
अप्रिल २ : नेपाल – बरोडा : नेपाल २७ रनले विजयी
अप्रिल ३ : नेपाल – गुजरात : नेपाल ८ रनले विजयी
अप्रिल ४ : बरोडा – गुजरात : गुजरात ५७ रनले विजयी
अप्रिल ५ : नेपाल – बरोडा : नेपाल ३७ रनले पराजित
अप्रिल ७ : फाइनल : नेपाल – गुजरात
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]