default_image

8 years ago

February 1, 2017

भारत र इङ्ल्याण्ड निर्णायक टि-२०मा भिड्दै

104 views

0 Bookmark

बेंगलोर (एजेन्सी) – भारत र इंग्ल्यान्डको तीन टि-२० शृंखला अन्तर्गत आज अन्तिम खेल बेंगलोरमा हुँदै छ। पहिलो खेलमा जित हासिल गरे पनि दोस्रो खेलमा पराजित भएको इंग्ल्यान्ड आफ्नो भारत टुरलाई जितसंगै अन्त्य गर्ने सुरमा छ।

India vs England

यसअघि टेस्ट र एक दिवसिय श्रृखंला गुमाइसकेको इङ्ल्यान्ड खाली हात नफर्कने दाउमा रहनेछ भने भारत घरेलु दर्शकको सामु लगातार शृंखला जित्ने प्रयासमा हुनेछ।

भारतले इङ्ल्यान्डसंग अहिलेसम्म टि-२० श्रृखंला जितेको छैन। २०१२-१३को सिजनमा भएको दुइ टि-२० शृंखला १-१ को बराबरीमा टुङिएको थियो भने त्यस भन्दा पहिलेका ३ श्रृखंला इङ्ल्यान्डले आफ्नो नाममा पारेको थियो।

खेल नेपाली समयअनुसार रातको ७:१५ बजे सुरु हुनेछ। बेंगलोरको नयाँ घासे मैदानमा हुने खेलमा निकै रन बन्ने पण्डितहरुले अनुमान लगाएका छन्।

February 2, 2025

यु १९ महिला विश्व कप – भारत दोस्रो पटक च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि […]

February 2, 2025

ग्रेट हिमालयनको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस् एकेडेमीलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराएको थियो । ग्रेट हिमालयले दिएको […]

February 2, 2025

अर्जुन ट्रफी – धनगढीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी(डिसिए) ले पहिलो जित हात पारेको छ । दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा डिसिएले सुर्खेतको घोडाघोडी-११ लाई ६९ रनले पराजित गर्यो । डिसिएले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको घोडाघोडी १६.५ ओभरमा ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ […]

Success

Thank you for your time.