default_image

11 months ago

April 5, 2024

हैदरवादले चेन्नईलाई हरायो

2725 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

हैदरावादमा भएको खेलमा घरेलु टोलीले ६ विकेटको सहज जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदरावादले १९ औं ओभरको पहिलो बलमा पूरा गर्यो । हैदरावादले दोस्रो जित दर्ता गर्दा चेन्नईले दोस्रो हारको सामना गर्यो ।

हैदरावादका लागि एडन मारक्रमले ५० रन जोडे । उनले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरका थिए । त्यसअघि ओपन अभिषेक शर्माले १२ बलमा ३ चौका र ४ छक्कासहित ३७ रन जोडेर आक्रामक सुरुवात दिलाएका थिए । अर्का ओपनर ट्राभिस हेडले २४ बलमा ३१ रन जोडे ।

चेन्नईका मोइन अलीले २ विकेट लिँदा महेश थिक्सना र दीपक चाहरले १-१ विकेट लिए । त्यसअघि चेन्नईले शिवम दुवेको ४५ रनमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो । उनले २४ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।

ओपनर रचिन रविन्द्र १२ रनमा आउट हुँदा कप्तान रुतुराज गैक्वादले २६ रन बनाए । अजिंक्या रहानेले ३० बलमा ३५ तथा रविन्द्र जडेजाले २३ बलमा नटऔ ३१ रन बनाए । हैदरावादका ५ बलरले १-१ विकेट बाँडे ।

तेस्रो स्थानको चेन्नई र पाँचौ स्थानको हैदरावादको ४ खेल ४ अंक छ । शीर्षस्थानमा कोलकाता र राजस्थान ३ खेलमा ६-६ अंकका साथ अपराजित छन् । लखनउ, पन्जाब र गुजरातको ४-४ तथा बेंगलुरु र दिल्लीको २-२ अंक छ । मुम्बईले खाता खोलेको छैन ।

शनिबार एकमात्र खेलमा राजस्थान र बेंगलुरु खेल्नेछन् ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.