10 months ago
April 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल बरोडाविरुद्ध पराजित भएको छ । लगातार तीन खेल जितेको नेपाल जित विहिन बरोडा विरुद्ध ३७ रनले पराजित भएको हो ।
बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ११९ रनमा समेटियो । नेपालका लागि सन्दिप जोरा ४३ बलमा ३ चौका र ४ छक्का सहित ५६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रनको योगदान गरे । यी बाहेक अन्य ब्याटरले दोहोरो अङ्क पनि छुन सकेनन् ।
बरोडाका लागि ध्रुव पटेलले ४ तथा लक्षित तोक्सियाले ३ विकेट लिए । यस्तै जय अभालेले २ र हेमन्त पुन्डेले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनायो ।
बरोडाका लागि शाश्वत रावतले २७ बल खेल्दै सर्वाधिक ३१ रन बनाए । ध्रुव पटेलले १४ बलमा २ चौका र २ छक्का सहित विष्फोटक इनिङ खेल्दै २९ रन बनाए ।
यस्तै ओपनर अमित पासीले २४ बलमा २६ रनको योगदान गरे । मोहित मोंगियाले २० बलमा ४ चौका सहित २२ रन बनाए । अभिमन्यु सिंह राजपुतले ११ रनको योगदान गरे ।
नेपालका लागि करन केसी र गुलशन झाले समान २-२ विकेट लिए भने आकाश चन्द, प्रतिश जिसी, ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।
नेपालले आज टोलीमा चार परिवर्तन समेत गरेको थियो । नेपालका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेखले आज विश्राम पाए भने पछिल्लो खेलमा बाहिर रहेका ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द टोलीमा अटाएका थिए ।
रोहितको अनुपस्तिथिमा आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरेका थिए ।
नेपाल र गुजरात दुवै यस खेल अगावै फाइनल प्रवेश गरिसकेका थिए । नेपालको ४ खेलमा ६ अंक भएको छ । गुजरातको ४ खेलमा ४ अंक हुन गर्यो भने भने बरोडा ४ खेलमा २ अंक सहित पुछारमा रह्यो ।
नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।
उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो ।
बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।तेस्रो खेलमा हिजो नेपाल २७ रनले विजयी भएको थियो ।
नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो । एक अवस्थामा २२-५ रहेकोमा बरोडाले इनिङ सम्हालेर सम्मानजनक स्कोर सम्म आफूलाई पुर्याएको थियो ।
यस्तै तेस्रो खेलमा नेपालले गुजरात माथि ८ रनको जित निकाल्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।
नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।
एसएमएस फ्रेन्डसिप कप तालिका:
मार्च ३१ : नेपाल – गुजरात : नेपाल ८ विकेटले विजयी
अप्रिल १ : गुजरात – बरोडा : गुजरात ५ विकेटले विजयी
अप्रिल २ : नेपाल – बरोडा : नेपाल २७ रनले विजयी
अप्रिल ३ : नेपाल – गुजरात : नेपाल ८ रनले विजयी
अप्रिल ४ : बरोडा – गुजरात : गुजरात ५७ रनले विजयी
अप्रिल ५ : नेपाल – बरोडा : नेपाल ३७ रनले पराजित
अप्रिल ७ : फाइनल : नेपाल – गुजरात
February 12, 2025
एजेन्सी – कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ । श्रीलंकाले बुधवार अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा […]
February 12, 2025
एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ । च्याम्पियन्स ट्रफीका साथै उनले मार्च […]
February 12, 2025
एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]