default_image

10 months ago

April 5, 2024

नेपाल ‘ए’ को ब्याटिङ पुनः नचल्दा आयरल्यान्डलाई एक दिवशिय शृंखला  

1362 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – ब्याटिङ पुनः चल्न नसकेपछि आयरल्यान्ड वल्भसले नेपाल ‘ए’ विरुद्धको एक दिवशीय शृंखला पनि कब्जा गरेको छ । टि-२० शृंखला २-१ ले जितेको पाहुना टोलीले एक दिवशीय शृंखला भने एक खेल अगावै २-० ले कब्जा गरेको हो ।

शुक्रवार भएको दोस्रो खेलमा आयरल्यान्डले ११४ रनको फराकिलो जित निकाल्न सफल भयो । आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले १६.५ ओभरमा सबै विकेट गुमाउदै ६० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि भिम शार्की र बिनोद भण्डारीले मात्र दोहोरो अंकमा रन बनाउन सके । भिमले २१ बल खेल्दै २ चौका र १ छक्का सहित १७ रन बनाएका थिए । बिनोदले भए १९ बलमा १६ रनको योगदान गरे । 

नेपालका ओपनर देव खनाल इनिङको तेस्रो बलमा नै शुन्यमा पेभेलियन फर्किएका थिए । आज टोलीमा आएका नरेन भट्ट पनि ६ रन बनाएर तेस्रो ओभरमा नै आउट भए । दुवै विकेट फियोन ह्याण्डले लिएका थिए ।

चौथो विकेटका रुपमा आउट हुने भिम थिए । उनलाई म्याथिउ हम्फ्रिजले क्याच आउट गराएका थिए । अनुभवी ब्याटर आरिफ शेख लाइ हम्फ्रिजले नै शुन्यमा पेभेलियन फर्काए । यस्तै बसिर अहमद पनि ६ रन मात्र बनाएर थोमस माएसको शिकार बने ।     

रिजन ढकाल पनि खाता खोल्नु अघि हम्फ्रिज कै बलमा एलबिडब्लु आउट भए । आठौ विकेटका रुपमा कप्तान बिनोद माएस द्वारा स्लिपमा क्याच आउट भए । शाहब आलमलाई हम्फ्रिजले १ रनमा पेभेलियन फर्काए । त्यसलगत्तैको बलमा मौसम ढकाल पनि हम्फ्रिजद्वारा बोल्ड भए ।

आयरल्यान्ड वल्भसका लागि म्याथिउ हम्फ्रिज एक्लैले ४.१ ओभरमा ८ रन दिंदै ६ विकेट लिए । यस्तै फियोन ह्याण्ड र थोमस माएसले समान २-२ विकेट लिए ।   

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनायो । खराब सुरुवात गरेको आयरल्यान्डले इनिङ सम्हाल्दै सम्मानजनक योगफल खडा गरेको थियो । 

आयरल्यान्डका लागि आठौ नम्बरमा ब्याटिङ गर्न आएका ग्याभिन होएले ५९ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान निल रकले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन बनाए ।  

५० रनमा ६ विकेट गएको अवस्थाबाट कप्तान निल रक र ग्याभिन होएले इनिङ सम्हाल्दै सातौ विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । सो साझेदारी २१औ ओभरमा कमल सिंह ऐरीले रकलाई आउट गराएपछि तोडिएको थियो । रक बसिर अहमदद्वारा क्याच आउट भएका थिए । होए भने रिजन ढकालको बलमा ३२औ ओभरमा रुपेश सिंहद्वारा क्याच आउट हुदै आठौ विकेटका रुपमा पेभेलियन फर्किएका थिए । 

आयरल्यान्डको सुरुवात राम्रो रहन सकेको थिएन । ओपनरद्वय स्टेफन डोहनी र जेम्स मक्कोलमले क्रमसः २ र ० रन बनाएर आउट भए । डोहनीलाई शाहब आलमले एलबिडब्लु आउट गराए भने मक्कोलमले रन आउट भएका थिए । चौथो नम्बरमा क्रिजमा पुगेका पिजे मुर पनि २ रन मात्र बनाएर शाहब आलमको बलमा क्याच आउट भए ।    

मोर्गन टपिङ पनि २ रनमा नै शाहबको बलमा बिनोद भण्डारीद्वारा क्याच आउट भए । त्यसपछि ग्यारेथ डिलेनी र फियोन ह्याण्ड ० र ५ रन बनाएर क्रमश: शाहब र मौसम ढकालले आउट गराए ।  

त्यसपछि आउट हुने कप्तान रक र होए रहेका थिए । होए पछि थोमस माएस ५ रन बनाएर रिजनको बलमा बोल्ड भए । 

लियम मकार्थी ५४ बलमा ३ चौका सहित ३५ रन बनाएर अन्तिम विकेटको रुपमा पेभेलियन फर्किए । उनी सगर ढकालको बलमा बसिरद्वारा क्याच आउट भएका हुन् ।  

नेपाल ‘ए’ का लागि रिजन ढकाल र शहाब आलमले समान ३-३ विकेट लिए । यस्तै मौसम ढकालले २ तथा कमल सिंह ऐरीले १ विकेट लिए ।

नेपालले आजको खेलमा अर्जुन कुमाल, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई विश्राम दिएको छ ।

नेपालका लागि कप्तान विनोद भण्डारी, नरेन भट्ट, देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल सिंह ऐरी र मौसम ढकाल खेल्दैछन् ।

नेपाल पहिलो २१ रनले पराजित भएको थियो । वल्भ्सले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २६ औं ओभरमा मात्र १ सय ३६ रनमा अलआउट भयो ।

नेपालको मध्यक्रमका ब्याटरले बिर्सनलायक प्रदर्शन गर्दा नेपाल ‘ए’ हारको सामना गर्न पुगेको थियो । आयरल्यान्ड वल्भ्सले टि२० सिरिज २-१ ले जितेको थियो । एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

February 12, 2025

असलंकाको शतकमा श्रीलंकाले अस्ट्रेलियालाई हरायो

एजेन्सी – कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ । श्रीलंकाले बुधवार अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा […]

February 12, 2025

गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने

एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ । च्याम्पियन्स ट्रफीका साथै उनले मार्च […]

February 12, 2025

स्मिथको कप्तानीमा अस्ट्रेलियन टोलीको घोषणा

एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]

Success

Thank you for your time.