7 months ago
April 4, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको दोस्रो ठूलो योगफल बनाउँदै कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्स विरुद्ध विशाल जित दर्ता गरेको छ । कोलकत्ताले दिल्ली माथि १०६ रनको फराकिलो जित निकालेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २७२ रनको विशाल योगफल खडा गरेको थियो । यो आईपिएल इतिहासको दोस्रो ठूलो योगफल समेत हो । केही दिन अघि रोयल च्यालेन्जर्स बेंगलूरुले २०१३ मा बनाएको कीर्तिमान तोड्दै हैदराबादले मुम्बई इण्डियन्स विरुद्ध २७७ रन बनाएको थियो ।
आज कोलकत्ताका लागि सुनिल नरिनले ३९ बलमा ७ चौका र ७ छक्का सहित सर्वाधिक ८५ रन बनाए । सामान्यतः बलर रहेका उनलाई कोलकत्ताले ओपनर ब्याटरका रूपमा प्रयोग गरिरहेको छ ।
यस्तै अनकृष रघुवंशीले २७ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेले । आन्द्रे रसेलले १९ बलमा ४१ रन बनाए भने रिङ्कु सिंहले ८ बलमा २६ रन बनाए ।
दिल्लीका सवै बलर महंगो सावित भएका थिए । एनरिक नोर्ट्जेले ४ ओभरमा ५९ रन खर्चिदै ३ विकेट लिए । यस्तै ईशान्त शर्माले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १-१ विकेट लिए ।
जवाफमा दिल्लीले १७.२ ओभरमा सवै विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले २५ बलमा ४ चौका र ४ छक्का सहित ५५ रन बनाए । यस्तै ट्रिस्टन स्टब्सले ५४ रन जोडे । अन्य ब्याटरले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
कोलकत्ताका लागि वैभव अरोराले र वरुण चक्रवर्थिले समान ३-३, मिचेल स्टार्कले २ तथा आन्द्रे रसेल र सुनिल नरिनले समान १-१ विकेट लिए ।
जित सँगै कोलकत्ता ३ खेलमा सत प्रतिशत नतिजा सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने ४ खेलमा १ जित सहित नवौं स्थानमा छ ।
आईपिएलमा भोलि हुने खेलमा गुजरात टाइटन्स र पञ्जाब किंग्स भिड्ने छन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]