11 months ago
April 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलको अर्धशतकीय इनिङ्को मद्दतमा नेपालले एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा गुजरात विरुद्ध विशाल लक्ष्य पेश गरेको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनायो ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ८५ रन बनाए । उनले ५१ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गर्दै १८औं ओभरमा पेभेलियन फर्किएका थिए ।
नेपालको सुरुवात नै उत्कृष्ट रहेको थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेख मिलेर १२५ रनको साझेदारी गरे । सो साझेदारी कुशल ४४ बलमा ९ चौका र २ छक्का सहित ६७ रन बनाएर १४औं ओभरमा आउट भएपछि टुटेको थियो ।
ओपनर बाहेकका अन्य ब्याटर भने चल्न सकेनन् । यी दुई बाहेक अन्य कुनै खेलाडीले पनि दोहोरो अंक पुर्याउन सकेनन् ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित कुमार पौडेल ७ बल खेल्दै ३ रन बनाएर १६औं ओभरमा आउट भए । त्यसपछि आएका सन्दिप जोरा र कुशल मल्ल क्रमसः २ र १ रनमा आउट भए ।
अन्तिम ओभरमा थप दुई विकेट खस्यो । गुलशन झा ४ र अनिल कुमार शाह बिना कुनै रन ध्रुशान्त सोनीको शिकार बने । विवेक कुमार यादव ७ र प्रतिश जिसी ४ रनमा नटआउट रहे ।
गुजरातका लागि जयमित पटेलले ३ तथा ध्रुशान्त सोनी र आर्य देसाईले समान २-२ विकेट लिए ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, अनिल शाह, गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहरा
बेन्च: ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द
नेपाली टोली लगातार तेस्रो जितको लक्ष्यमा रहेको छ । नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।
उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।
दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो । बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।
तेस्रो खेलमा हिजो नेपाल २७ रनले विजयी भएको थियो । नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो । एक अवस्थामा २२-५ रहेकोमा बरोडाले इनिङ सम्हालेर सम्मानजनक स्कोर सम्म आफूलाई पुर्याएको थियो ।
नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।
एसएमएस फ्रेन्डसिप कप तालिका:
मार्च ३१ : नेपाल – गुजरात : नेपाल ८ विकेटले विजयी
अप्रिल १ : गुजरात – बरोडा : गुजरात ५ विकेटले विजयी
अप्रिल २ : नेपाल – बरोडा : नेपाल २७ रनले विजयी
अप्रिल ३ : नेपाल – गुजरात
अप्रिल ४ : बरोडा – गुजरात
अप्रिल ५ : नेपाल – बरोडा
अप्रिल ७ : फाइनल (शीर्ष २ टोली)
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]
February 12, 2025
एजेन्सी – कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ । श्रीलंकाले बुधवार अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा […]
February 12, 2025
एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ । च्याम्पियन्स ट्रफीका साथै उनले मार्च […]