default_image

10 months ago

April 3, 2024

अनुभवी ब्याटर नचल्दा नेपाल ‘ए’ को हार

2822 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको छ ।

वल्भ्सले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २६ औं ओभरमा मात्र १ सय ३६ रनमा अलआउट भयो । नेपालको मध्यक्रमका ब्याटरले बिर्सनलायक प्रदर्शन गर्दा नेपाल ‘ए’ हारको सामना गर्न पुगेको हो ।

नेपालले छैटौं ओभरमा ओपनर देव खनाललाई २६ रनमा गुमाउँदा स्कोर ३५-१ को स्थितिमा थियो । उनले २२ बलमा ४ चौकासहित २६ रन जोडे । तर त्यसपछि लगातार विकेट पतन हुँदा नेपाल ‘ए’ ५६-६ को दयनीय स्थितिमा पुग्यो ।

अर्जुन कुमाल ९ रन जोड्दा भीम सार्की गोल्डेन डक आउट भए । आरिफ शेख शून्य, अर्जुन साउद ४ र विनोद भण्डारी ९ रनमा आउट भए । कमल सिंह ऐरी ६ रन जोड्दै आउट हुँदा नेपाल ७८-७ को स्थितिमा पुग्यो ।

बसिर अहमद २१ बलमा २० रन जोडेर पेभेलियन फर्किए । साहब आलमले त्यसपछि रन गति बढाएपनि उनी २५ औं ओभरमा क्याच आउट भए । ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका उनी ३७ रन जोड्दै बाउन्ड्रीनजिक आउट भए । अर्को ओभरमा श्याम र रिजनबीच समन्वय नहुँदा रनआउटसँगै नेपाल अलआउट भयो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्स ३९ औं ओभरमा मात्र १ सय ५७ रन जोडेर अलआउट भयो । कमलले अन्तिम ३ विकेट ह्याट्रिकसहित कुल ४ विकेट लिएर आयरल्यान्डको तल्लोक्रम धराशायी पारे । वल्भ्सका केड कार्माइकलले सर्वाधिक ५१ रन जोडे ।

वल्भ्सले छैटौं ओभरमा जेम्स मकलमलाई १२ रनमा गुमायो । रिजन ढकालले उनलाई विकेटकिपरको हातबाट क्याच आउट गराए । नवौं ओभरमा डोहेनी पनि १२ रनमै साहब आलमको एल्बीडब्लु धरापमा परे ।

पिटर मुर २१ रनमा श्याम ढकालको बलमा बोल्ड हुँदा वल्भ्स ६१-३ को स्थितिमा पुग्यो । कप्तान निल रक र कार्माइकलले चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । रक ३२ बलमा ३९ रन जोड्दै कमलको बलमा एलबीडब्लु आउट भए ।

त्यसपछि वल्भ्सले लगातार विकेट गुमाउन पुग्यो । डेलनी ६ रन जोड्दै श्यामको एलबीडब्लु शिकार बने । फिओन ह्यान्ड पहिलो बलमै रन जोड्ने धुनमा रनआउट भए । कार्माइकल ३७ औं ओभरमा साहबको बलमा क्याच आउट भए ।

त्यसपछि कमलले ३९ औं ओभरको सुरुवाती ३ बलमा विकेट लिए । लियाम मकार्थी क्याच आउट भएपछि कमलले म्याथ्यु हम्फ्रिज र बेन ह्वाइटलाई लगातार बलमा बोल्ड गरे ।

January 31, 2025

भारतले एक खेल अगावै सिरिज जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – भारतले पाहुना टोली इङ्ग्ल्याण्डविरुद्धको टि ट्वान्टी आई सिरिज १ खेल अगावै जितेको छ । चौथो खेलमा शुक्रवार इङ्ग्ल्याण्डलाई १५ रनले हराएसँगै भारतले ५ खेलको सिरिज जितेको हो । भारतले सिरिजमा ३-१ को अग्रता बनाएको छ । १ सय ८२ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १९.४ ओभरमा १ सय ६६ रनमा अल आउट […]

January 31, 2025

इङग्ल्याण्डविरुद्ध भारतको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पाहुना टोली इङ्ग्ल्याण्डविरुद्ध भारतले चौथो टि ट्वान्टी आईमा बलियो योगफल तयार गरेको छ । भारतको पुनेमा जारी खेलमा भारतले इङग्ल्याण्डलाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ । पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसियसनको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रनको बलियो योगफल […]

January 31, 2025

च्याम्पियन्स ट्रफी – साविक विजेता पाकिस्तानी टोलीको घोषणा

एजेन्सी – घरेलु भूमि र युएईमा आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि साविक विजेता पाकिस्तानी टोलीको घोषणा भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शुक्रवार मोहम्मद रिजवानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । १९ फेब्रुअरी देखि ९ मार्च सम्म आयोजना हुने आइसिसी च्याम्पियन्स ट्रफीको लागि पिसिबीले ११ फेब्रुअरी सम्म टोलीमा कुनै पनि परिवर्तन […]

Success

Thank you for your time.