default_image

1 year ago

April 3, 2024

नेपालले गुजरातविरुद्ध टस हार्यो

1325 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा नेपालले टस हारेको छ । गुजरातका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले आज टोलीमा दुई परिवर्तन समेत गरेको छ । लगातार दुई खेल खेलेका दीपेन्द्र सिंह ऐरी र करन केसीले आज आराम पाएका छन् भने टोलीमा प्रतिश जिसी र विवेक यादवले उनीहरूको स्थान लिएका छन् ।

खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, अनिल शाह, गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहरा

बेन्च: ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द

नेपाली टोली लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।

उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।

दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो । बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

तेस्रो खेलमा हिजो नेपाल २७ रनले विजयी भएको थियो । नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो । एक अवस्थामा २२-५ रहेकोमा बरोडाले इनिङ सम्हालेर सम्मानजनक स्कोर सम्म आफूलाई पुर्याएको थियो ।

नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।

एसएमएस फ्रेन्डसिप कप तालिका:

मार्च ३१ : नेपाल – गुजरात : नेपाल ८ विकेटले विजयी

अप्रिल १ : गुजरात – बरोडा : गुजरात ५ विकेटले विजयी

अप्रिल २ : नेपाल – बरोडा : नेपाल २७ रनले विजयी

अप्रिल ३ : नेपाल – गुजरात

अप्रिल ४ : बरोडा – गुजरात

अप्रिल ५ : नेपाल – बरोडा

अप्रिल ७ : फाइनल (शीर्ष २ टोली)

April 29, 2025

दिल्लीले टस जित्यो

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को आजको‌ खेलमा‌ टस जितेको छ। कोलकाता नाइट राइडर्ससँगको खेलमा दिल्लीले टस जितेको हो । दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा दिल्ली चौथो र कोलकाता सातौं स्थानमा छ। ९ खेलपछि दिल्लीको‌ १२ र कोलकाताको ७ अंक छ।

April 29, 2025

नेपाल हरियोलाई सहज जित

काठमाडौं (हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर अभ्यास म्याच नेपाल नीलोले नेपाल हरियोलाई ६४ रनले हराएको छ। जितको लागि २ सय २३ रनको लक्ष्य पछाएको नेपाल हरियो ४०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो। ओपनर अर्जुन कुमाल १४ रनमा र इशान पाण्डे बिना कुनै रन आउट भए। २ विकेटको नोक्सानीमा टिमले ३६ […]

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

Success

Thank you for your time.