default_image

11 months ago

April 3, 2024

कमलको ह्याट्रिकमा नेपाल ‘ए’ लाई सामान्य लक्ष्य

1001 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरीले ह्याट्रिक लिएपछि आयरल्यान्ड वल्भ्सले एकदिवसीय सिरिजको नेपाल ‘ए’ समक्ष १ सय ५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्स ३९ औं ओभरमा मात्र १ सय ५७ रन जोडेर अलआउट भयो । कमलले अन्तिम ३ विकेट ह्याट्रिकसहित कुल ४ विकेट लिएर आयरल्यान्डको तल्लोक्रम धराशायी पारे । वल्भ्सका केड कार्माइकलले सर्वाधिक ५१ रन जोडे ।

वल्भ्सले छैटौं ओभरमा जेम्स मकलमलाई १२ रनमा गुमायो । रिजन ढकालले उनलाई विकेटकिपरको हातबाट क्याच आउट गराए । नवौं ओभरमा डोहेनी पनि १२ रनमै साहब आलमको एल्बीडब्लु धरापमा परे ।

पिटर मुर २१ रनमा श्याम ढकालको बलमा बोल्ड हुँदा वल्भ्स ६१-३ को स्थितिमा पुग्यो । कप्तान निल रक र कार्माइकलले चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । रक ३२ बलमा ३९ रन जोड्दै कमलको बलमा एलबीडब्लु आउट भए ।

त्यसपछि वल्भ्सले लगातार विकेट गुमाउन पुग्यो । डेलनी ६ रन जोड्दै श्यामको एलबीडब्लु शिकार बने । फिओन ह्यान्ड पहिलो बलमै रन जोड्ने धुनमा रनआउट भए । कार्माइकल ३७ औं ओभरमा साहबको बलमा क्याच आउट भए ।

त्यसपछि कमलले ३९ औं ओभरको सुरुवाती ३ बलमा विकेट लिए । लियाम मकार्थी क्याच आउट भएपछि कमलले म्याथ्यु हम्फ्रिज र बेन ह्वाइटलाई लगातार बलमा बोल्ड गरे ।

February 12, 2025

गिलको शतकसँगै सिरिजमा भारतको ‘क्लिन स्विप’

एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]

February 12, 2025

असलंकाको शतकमा श्रीलंकाले अस्ट्रेलियालाई हरायो

एजेन्सी – कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ । श्रीलंकाले बुधवार अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा […]

February 12, 2025

गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने

एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ । च्याम्पियन्स ट्रफीका साथै उनले मार्च […]

Success

Thank you for your time.