11 months ago
April 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा आज नेपाल र गुजरात खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।
उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।
दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो । बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।
तेस्रो खेलमा हिजो नेपाल २७ रनले विजयी भएको थियो । नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो । एक अवस्थामा २२-५ रहेकोमा बरोडाले इनिङ सम्हालेर सम्मानजनक स्कोर सम्म आफूलाई पुर्याएको थियो ।
नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी
एसएमएस फ्रेन्डसिप कप तालिका:
मार्च ३१ : नेपाल – गुजरात : नेपाल ८ विकेटले विजयी
अप्रिल १ : गुजरात – बरोडा : गुजरात ५ विकेटले विजयी
अप्रिल २ : नेपाल – बरोडा : नेपाल २७ रनले विजयी
अप्रिल ३ : नेपाल – गुजरात
अप्रिल ४ : बरोडा – गुजरात
अप्रिल ५ : नेपाल – बरोडा
अप्रिल ७ : फाइनल (शीर्ष २ टोली)
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]
February 12, 2025
एजेन्सी – कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ । श्रीलंकाले बुधवार अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा […]
February 12, 2025
एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ । च्याम्पियन्स ट्रफीका साथै उनले मार्च […]