11 months ago
April 2, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबी) ले तेस्रो हार बेहोरेको छ । बैंगलोरमा नै भएको खेलमा घरेलु टोली लखनऊ सुपर जाएन्ट्स विरुद्ध २८ रनले पराजित भएको हो ।
१ सय ८२ रनको लक्ष्य पछ्याएको आरसिबी १९.४ ओभरमा १५३ रनमा समेटियो । घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ३३ रन बनाए । यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे । फ्याफ डु प्लेसिसले १९ रन बनाए ।
लखनऊका मयंक यादवले ३ विकेट लिँदा नभिन उल-हकले २ तथा मनिमरण सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले समान १ विकेट लिए ।
त्यसअघि आरसिबीको घरेलु मैदान चिन्नस्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन जोड्न सफल रह्यो । लखनऊका लागि ओपनर क्विन्टन डीककले ५६ बलमा ८ चौका र ५ छक्का सहित सर्वाधिक ८१ रन बनाए ।
यस्तै निकोलास पुरनले २१ बलमा १ चौका र ५ छक्का सहित ४१ रनको विष्फोटक इनिङ खेले । मार्कस स्टोइनिसले २४ रन बनाउँदा कप्तान केएल राहुलले २० रन जोडे ।
आरसिबीका लागि ग्लेन म्याक्सवेलले २ तथा रिस टोप्ली, यश दयाल र मोहम्मद सिरजले समान १ विकेट लिए ।
आरसिबी हार पछि ४ खेलमा २ अंक सहित पुछारमाबाट दोस्रो छ । लखनऊ भने ३ खेलमा ४ अंक सहित चौथो छ ।
आईपिएलमा भोलि हुने खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]