11 months ago
April 2, 2024
सुमन अधिकारी, बुटवल,
धनगढी क्रिकेट एकेडेमी (डिसिए) छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनलमा मंगलबार पल्सर सिइसी काठमाण्डौलाई १७ रनले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो ।
रुपन्देहीको तिलोत्तमामा निमार्णाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको धनगढीले ३२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो।
धनगढीका अशोक धामीले अर्धशतक बनाएका थिए। सिइसीका दयानन्द मण्डलले ३, करण घर्ती मगर र स्मित बुढाले समान २ विकेट लिएका थिए ।
१ सय ५१ रनको लक्ष्य पाएको सिइसी ३५ ओभरमा अल आउट हुँदै १ रन ३३ रन मात्र बनाउन सक्यो।
सिइसीका लागि सुमित सिंह बुढाले ४१ र स्मित बुढाले ४० रन बनाएका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । धनगढीका निसान रेग्मीले ४ र सौर्य श्रेष्ठले २ विकेट लिए ।
सिइसीका निसान रेग्मी फाइनलको प्लेयर अफ दि म्याच बने । सिइसीका समिर विष्ट प्लेयर अफ द सिरिज, सिइसीकै दयानन्द मण्डल बेस्ट बलर र मदन भणडारी स्पोर्ट्स एकेडेमीका विजय प्रजापतिले बेस्ट ब्याटर घोषित भए ।
धनगढीले ट्रफीसहित ५० हजार र सिइसीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । विजेता, उपविजेता टोलीलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल क्रिकट संघका पूर्व कार्यवहाक सचिव प्रशान्त विक्रम मल्ल, प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, जिल्ला क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापालगायतले पुरस्कृत गरे ।
समापनमा रुपन्देहीमा क्रिकेटको विकासमा २५ वर्षदेखि योगदान दिदैं आएका क्रिकेट प्रशिक्षक जंग बहादुर थापालाई लाईभ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।
आफ्नो बुवाको स्मृतिमा प्रतियोगिता आयोजना गरेका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचनले छैंटौं संस्करण थप उपलब्धिमुलक बनेको अनुभव सुनाए। उनले प्रतियोगिताले युवा खेलाडीलाई प्लेटफर्म दिएको र आफूले पनि सबैबाट सहयोग पाएको बताए ।
प्रतियोगितामा फाइनल पुगेका दुई टोलीसहित स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु वेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी, कास्की जिल्ला क्रिकेट संघ त न्यु होराईजन स्पोर्ट्स क्लब गरि ८ टोलीको सहभागिता थियो।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]