11 months ago
April 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो खेलमा बरोडाविरुद्ध मध्यम योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन जोड्यो ।
नेपालका लागि कुशल मल्लले अविजित रहँदै २५ बलमा ३ चौका र २ छक्का सहित ४० रनको सर्वाधिक इनिङ खेले । यस्तै अर्को तर्फ दीपेन्द्र सिंह ऐरी ५ रनमा नटआउट रहे ।
नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल टोलीले १४ रन बनाएको अवस्थामा ९ रन बनाएर तेस्रो ओभरमा पहिलो विकेटको रूपमा पेभेलियन फर्किएका थिए । आशिफ शेख पनि पाँचौं ओभरमा ९ रन नै बनाएर आउट भए । दुवै ओपनर बाबा खानको बलमा आउट भएका थिए ।
चौथो नम्बरमा कप्तान रोहित कुमार पौडेल १३ बलमा ३ चौका सहित १८ रन बनाएर आठौ ओभरमा रन आउट भए । तेस्रो नम्बरमा आएका अनिल शाह २७ बलमा २५ रन बनाएर परीक्षित पतीडरको।बलमा क्याच आउट भए ।
नेपालले पाँचौं विकेट पनि छिटै गुमायो । अनिल आउट भएपछिको छैठौं बलमा गुलशन झा १४ बलमा १३ रन बनाएर मोहित मोङ्गियाको बलमा क्याच आउट नै भए । त्यसपछि सन्दिप जोरा र कुशल मल्ल मिलेर इनिङ सम्हालेका थिए । छैठौं विकेटका लागि दुई जना मिलेर ४८ रनको साझेदारी गरे ।
सन्दिप १८औं ओभरको पाँचौं बलमा १६ बल खेल्दै २ चौका र २ छक्का सहीत २९ रन बनाएर रन आउट भएपछि साझेदारी तोडिएको थियो ।
बरोडाका लागि बाबा खानले २ तथा परीक्षित पतिडर र मोहित मोङ्गियाले समान १-१ विकेट लिए ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा,
बेन्च: ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, आकाश चन्द
नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्दैछ । नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा रहेको छ ।
नेपालले हालैमा आयरल्यान्ड वल्भसविरुद्ध दुई टि-२० को शृंखला खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । नेपालले सोही शृंखलामा खेलेको स्क्वाडलाई गुजरात पठाएको छ ।
फ्रेन्ड्सिप कप तालिका:
मार्च ३१ : नेपाल – गुजरात : नेपाल ८ विकेटले विजयी
अप्रिल १ : गुजरात – बरोडा : गुजरात ५ विकेटले विजयी
अप्रिल २ : नेपाल – बरोडा
अप्रिल ३ : नेपाल – गुजरात
अप्रिल ४ – बरोडा – गुजरात
अप्रिल ५ : नेपाल – बरोडा
अप्रिल ७ : फाइनल
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]
February 12, 2025
एजेन्सी – कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ । श्रीलंकाले बुधवार अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा […]
February 12, 2025
एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ । च्याम्पियन्स ट्रफीका साथै उनले मार्च […]