11 months ago
April 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो खेलमा टस हारेको छ । बरोडाका कप्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।
नेपालले पछिल्लो खेलमा खेलाईएको प्लेइङ ११ नै आज उतार्ने छ । सो खेलमा नेपालले गुजरात विरुद्ध ८ विकेटको सहज जित निकालेको थियो । नेपालका लागि ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, आकाश चन्द टोलीबाट बाहिर रहेका छन् ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा
बेन्च: ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, आकाश चन्द
नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्दैछ । नेपालले हालैमा आयरल्यान्ड वल्भसविरुद्ध दुई टि-२० को शृंखला खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । नेपालले सोही शृंखलामा खेलेको स्क्वाडलाई गुजरात पठाएको छ ।
फ्रेन्ड्सिप कप तालिका:
मार्च ३१ : नेपाल – गुजरात : नेपाल ८ विकेटले विजयी
अप्रिल १ : गुजरात – बरोडा : गुजरात ५ विकेटले विजयी
अप्रिल २ : नेपाल – बरोडा
अप्रिल ३ : नेपाल – गुजरात
अप्रिल ४ – बरोडा – गुजरात
अप्रिल ५ : नेपाल – बरोडा
अप्रिल ७ : फाइनल
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]
February 12, 2025
एजेन्सी – कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ । श्रीलंकाले बुधवार अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा […]
February 12, 2025
एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ । च्याम्पियन्स ट्रफीका साथै उनले मार्च […]