10 months ago
April 2, 2024
एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आपिएल) को यो सिजनमा अझै जित निकाल्न सकेको छैन।
५ पटकको च्याम्पियन मुम्बईले यस पटक सुरुवाती ३ खेलमा पराजय भोगेको छ । राजस्थान रोयल्सले सोमबार मुम्बईलाई ६ विकेटले हराएको हो । १० टोली सहभागी आइपिएलमा मुम्बई अहिलेसम्म अंक विहिन एक्लो टोली हो।
जितका लागि १ सय २६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै १ सय २७ रन जोड्दै पूरा गर्यो । रियान परागले ३९ बलमा ५ चौका र ३ छक्कासहित नटआउट ५४ रन जोडेका थिए ।
रविचन्द्रन आश्विन १६, जस बटलर १४,सन्जु स्यामसन १३ ,यशस्वी जैसवालले १० रन र शुभम दुबेले नटआउट ८ रन बनाए थिए। मुम्बईका आकाश मधवालले ३ र क्वेना मफकाले १ विकेट लिए ।
त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर मुम्बईलर पहिला ब्याटिङको निम्तो पाएको थियो। मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो ।
कप्तान हार्दिकले २१ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाएका थिए । तिलक बर्मा ३२, टिम डेविडएले १७, इशान किशन १६ रन जोडेका थिए। रोहित शर्मा, डेवाल्ड ब्रेभिस र नमन धिरले रनको खाता खोल्न सकेनन्।
राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले समान ३, नाद्रे बर्गर २ र आवेश खानले १ विकेट लिएका थिए । सबै ३ खेल जितेको राजस्थान ६ अंकका साथ शीर्ष स्थानमा छ ।
२ खेलमा दोस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र ३ खेलमा तेस्रो स्थानमा रहेको चेन्नाई सुपर किङ्स र चौथो स्थानको गुजरात टाइटन्सको समान ४ अंक छ ।
आइपिएलमा मंगलबार रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]