11 months ago
April 1, 2024
सुमन अधिकारी, बुटवल
धनगढी क्रिकेट एकेडेमी रुपन्देहीमा जारी छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
धनगढीले मंगलबार हुने फाइनलमा पल्सर सिइसी काठमाण्डौंको सामना गर्नेछ। सिइसी आइतबार मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २ विकेटले हराउँदै फाइनल पुगेको थियो।
दोस्रो सेमिफाइनलमा सोमबार धनगढीले स्टार क्रिकेट एकेडेमी रुपन्देहीलाई ३४ रनले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेको हो ।
नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्नो बुबाको नामबाट रुपन्देहीको तिलोत्तमा निमार्णाधिन एक्स्ट्रा टेक ओभल अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गरिरहेका छन् ।
टस जितेर स्टार एकेडेमीले फिल्डिङ रोजेको थियो ।
धनगढीले २५.२ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो।
धनगढीका अशिष लुहारले ३० बलमा ३४ रन, निशाम रेग्मीले १२ रन बनाए। स्टार एकेडमीका बलर शुभम् पाण्डेले ३.२ ओभरमा मात्र १० रन खर्चेर ३ विकेट लिए। प्रिन्स पालले ३ र शुभम खनालले २ विकेट लिए ।
१ सय रनको लक्ष्य पछ्याउदै स्टार एकेडेमी २६ ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमा अल आउट भयो । स्टारका कुनै ब्याटर चलेनन् । कुनै ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।
धनगढीका सचिन साउदले ८ ओभर गर्दै २ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए। सचिन मल्लले पनि ३ विकेट लिए । खेलमा धनगढीका सचिन साउद प्लेयर अफ दि म्याच भए ।
–धनगढी क्रिकेट एकेडेमी हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]