default_image

12 months ago

March 31, 2024

खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट -सिइसी फाइनलमा

316 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

पल्सर सिइसी काठमाण्डौ रुपन्देहीमा जारी छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु -१९ क्रिकेट प्रतियोगिता २०८० को फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २ विकेटले पराजित गर्दै सिइसी
अन्तिम दुईमा पुगेको हो ।

नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्नो बुबाको नाममा प्रतियोगिता आयोजना गरेका हुन्।

रुपन्देहीको तिलोत्तमा निमार्णाधिन एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा जारी प्रतियोगितामा आइतबार टस जितेर मदन भण्डारी स्र्पोटस एकेडेमीले ब्याटिङ रोजेको थियो । एकेडेमीले निर्धारित ४० ओभरमा सिइसीलाई १ सय ८९ रन बनाएको थियो ।

मदन भण्डारीका लागि विजय प्रजापतीले ५६ बलमा ७२ रन तथा विशाल भुषालले ४८ बलमा ३६ रन बनाए थिए।
सिइसीका धिरज दुबाले ३ तथा दयानन्द मण्डल र स्मिथ बुढाले समान २ विकेट लिएका थिए ।
सिइसीले ३९.३ ओभरमा ८ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको थियो। सिइसीका सिद्धार्थ साउदले ९१ बलमा ८१ रन तथा समिर विष्टले ७९ बलमा ५१ रन बनाउँदै जितको आधार तयार पारेका थिए।

८१ रन बनाएका सिइसीका सिद्धार्थ साउद प्लेयर अफ दी म्याच घोषित भएका थिए । प्रतियोगितामा सोमबार स्टार एकेडेमी र कैलाली जिल्ला क्रिकेट संघ धनगढीबीच दोस्रो सेमिफाइनल खेल‌ हुनेछ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.