default_image

12 months ago

March 31, 2024

गुजरातले हैदरावादलाई हरायो

1373 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत १२ औं खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

हैदरावादलाई ७ विकेटले हराउँदै आइपिएलको जारी सिजनमा गुजरातले दोस्रो जित दर्ता गरेको हो । हैदरावादले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य गुजरातले अन्तिम ओभरको पहिलो बलमा पूरा गर्यो ।

गुजरातका लागि डेविड मिलरले विजयी छक्का प्रहार गर्दै कुल ४४ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । साइ सुदर्शनले ३६ बलमा ४ चौका र १ छक्कासहित ४५ रन जोडेका थिए ।

कप्तान शुभ्मन गिल ३६ र ऋद्धिमान शाह २५ रनमा आउट भएका थिए । विजय शंकर १४ रनमा नटआउट रहे । हैदरावादका शहबाज अहमद, मयंक मारकन्डे र प्याट कमिन्सले १-१ विकेट लिए ।

त्यसअघि हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । अभिषेक शर्मा र अब्दुल समादले २९-२९ रन जोडे । हाइनरिक क्लासेन १३ बलमा २४ रन जोडेर आउट भए ।

गुजरातका मोहित शर्माले २५ रन खर्चेर ३ विकेट लिएका थिए । अज्मत ओमारजाइ, उमेश यादव, रशिद खान र नुर अहमदले १-१ विकेट लिए ।

अंक तालिकामा चौथो स्थानमा रहेको गुजरातको २ खेलमा ४ अंक छ । हैदरावाद भने ३ खेलमा २ अंकसहित पाँचौ स्थानमा छ । दिल्ली र मुम्बई अंकविहिन छन् । चेन्नई, कोलकाता र राजस्थानको ४-४ तथा लखनउ, पन्जाब र बेंगलुरुको २-२ अंक छ ।

आजको दोस्रो खेलमा दिल्लीले चेन्नईविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्दैछ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.