11 months ago
March 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेलमा गुजरात विरुद्ध सहज जित दर्ता गरेको छ । नेपालले गुजरातलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात समेत गरेको हो ।
गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा विकेट गुमाएर भेटायो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहँदै २६ बलमा सर्वाधिक ३३ रन बनाए । अनिल शाह ३५ बल खेल्दै ३२ रनमा नटआउट रहे ।
ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमसः १७ र १६ रन बनाए । ३४ रनमा दुवै ओपनर गुमाएपछि रोहित र अनिलले नेपाललाई जित तर्फ डोहोर्याएका थिए ।
गुजरातका तेजस पटेल र हेमङ पटेलले समान १-१ विकेट लिए ।
त्यसअघि वापीमा टस जितर फिल्डिङ गर्ने निर्णय लिएपढी पहिले ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रनमा समेटिन पुग्यो ।
गुजरातका लागि ओपनर रुद्र पटेलले २२ बलमा २३ रन जोडे । यस्तै हेमंग पटेलले २३ बल खेलेर २० रन जोडे । अभिषेक देसाइले ११ र स्मीत पटेलले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
गुजरातलाई सस्तैमा समेट्न नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चिदै सर्वाधिक ४ विकेट लिए । यस्तै करन केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस्तै सोमपाल कामीले ४ ओभरमा १४ रन दिएर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले कुनै विकेट लिएनन् ।
नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्दैछ । नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा रहेको छ ।
नेपालले हालैमा आयरल्यान्ड वल्भसविरुद्ध दुई टि-२० को शृंखला खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । नेपालले सोही शृंखलामा खेलेको स्क्वाडलाई गुजरात पठाएको छ ।
नेपालले प्रतियोगिताको दोस्रो खेलमा अप्रिल २ मा बरोडाविरुद्ध खेल्नेछ । डबल राउण्ड रोबिन ढाँचामा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
फ्रेन्ड्सिप कप तालिका:
मार्च ३१ : नेपाल – गुजरात
अप्रिल १ : गुजरात – बरोडा
अप्रिल २ : नेपाल – बरोडा
अप्रिल ३ : नेपाल – गुजरात
अप्रिल ४ – बरोडा – गुजरात
अप्रिल ५ : नेपाल – बरोडा
अप्रिल ७ : फाइनल
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]