11 months ago
March 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् ।
नेपालका लागि ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, आकाश चन्द टोलीबाट बाहिर रहेका छन् ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा,
बेन्च: ललित राजवंशी, प्रतिश जिसी, विवेक यादव, आकाश चन्द
नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्दैछ । नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा रहेको छ ।
नेपालले हालैमा आयरल्यान्ड वल्भसविरुद्ध दुई टि-२० को शृंखला खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । नेपालले सोही शृंखलामा खेलेको स्क्वाडलाई गुजरात पठाएको छ ।
फ्रेन्ड्सिप कप तालिका:
मार्च ३१ : नेपाल – गुजरात
अप्रिल १ : गुजरात – बरोडा
अप्रिल २ : नेपाल – बरोडा
अप्रिल ३ : नेपाल – गुजरात
अप्रिल ४ – बरोडा – गुजरात
अप्रिल ५ : नेपाल – बरोडा
अप्रिल ७ : फाइनल
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]