default_image

11 months ago

March 31, 2024

नेपाल र गुजरात आज भिड्दै

2869 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा गुजरातको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्दैछ । नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा रहेको छ । नेपालले दोस्रो खेलमा अप्रिल २ मा बरोडाको सामना गर्नेछ ।

यस्तै अप्रिल ३ मा पुनः गुजरात विरुद्ध खेल्नेछ भने अप्रिल ५ मा बरोडा विरुद्ध दोस्रो खेल खेल्नेछ । प्रतियोगिताको राउण्ड रोबिन चरणमा शीर्ष रहने २ टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

नेपालले हालैमा आयरल्यान्ड वल्भसविरुद्ध दुई टि-२० को शृंखला खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । नेपालले सोही शृंखलामा खेलेको स्क्वाडलाई गुजरात पठाएको छ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी

फ्रेन्ड्सिप कप तालिका:

मार्च ३१ : नेपाल – गुजरात

अप्रिल १ : गुजरात – बरोडा

अप्रिल २ : नेपाल – बरोडा

अप्रिल ३ : नेपाल – गुजरात

अप्रिल ४ – बरोडा – गुजरात

अप्रिल ५ : नेपाल – बरोडा

अप्रिल ७ : फाइनल

February 13, 2025

लिग टु – ओमानसँग अमेरिका पराजित

एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]

February 13, 2025

कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा

एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]

February 12, 2025

गिलको शतकसँगै सिरिजमा भारतको ‘क्लिन स्विप’

एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]

Success

Thank you for your time.