12 months ago
March 30, 2024
धनगढी (हाम्रो खेलकुद)- डडेल्धुराको आलिताल गाउँपालिकाले कैलाली प्रिमियर लिग (केपिएल) को उपाधि जितेको छ ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार आलितालले फाइनलमा छिमेकी पालिका डडेल्धुराकको पर्शुराम नगरपालिकालाई १ विकेट हराएको थियो।
आलितालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङको निम्तो पाएको पर्शुरामले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन जोडेको थियो ।
पर्शुरामका लागि यशकुमार कठायतले ३० बलमा सर्वाधिक ३२ रन बनाए । मान साउँद १९ बलमा २१ रन तथा महेन्द्र धामीले १० बलमा ११ रन जोडे।
आलिताल हिक्मत महराले ४ ओभरमा ७ रन र निरज ऐरले ४ ओभरमा २२ रन खर्चंदै समान ३ विकेट लिए।
१ सय ८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको आलितालले निर्धारित २० ओभरमा १८.१ ओभर खेल्दै ९ विकेटको क्षति १ सय १० रन बनाउँदै १ विकेटले जित हासिल गरेको थियो।
आलितालका कप्तान दिलबहादुर बोहराले २० बलमा सर्वाधिक ३० रन बनाए । राजु रिजाल २८ बलमा २२ रन, दिपक टमटाले १४ रन र हृदय विठारीले १२ रन जोडे ।
पर्शुरामका महेन्द्र धामीले ४ ओभरमा १ मेडेनसहित २३ रन खर्चंदै सर्वाधिक ३ विकेट लिए । कप्तान कृष्ण विष्टले २ विकेट लिए ।
आलितालका हिक्मत महरा हिरो होन्डा प्लेयर अफ दी म्याच घोषित भए र १ हजार ५ सय रुपैयाँ प्राप्त गरे।आलितालले २ लाख रुपैयाँ र ट्रफी तथा पर्शुरामले १ लाख रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा पर्शुरामका कृष्ण विष्ट र राज विश्वकर्मा उत्कृष्ट ब्याटर चुनिए । कृष्ण र राजले समान १० हजार रुपैयाँ प्राप्त गरे। पर्शुरामकै अर्जुन बिक उदयीमान खेलाडी चुनिए। प्लेर अफ द सिरिज आलितालका कप्तान दिल बहादुर बोहोरा घोषित भए र २० हजार रुपैयाँ प्राप्त गरे ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले विजेता उपविजेता टोलीलाई पुरस्कृत गरे । अध्यक्ष चन्दले देशको क्रिकेट विकासमा सुदूरपश्चिमले ४० प्रतिशत योगदान दिइरहँदा पनि राज्यले भौतिक पूर्वाधारमा उपेक्षा गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
कैलाली जिल्ला कृकेट संघका अध्यक्ष विक्रम विष्टको अध्यक्षतामा सम्पन्न समापन समारोहमा पर्शुरामका मेयर भरत जोशी,आलितालका अध्यक्ष शेर सिंह पार्की,क्यानका केन्द्रिय सदस्य द्वय धिरेद्र साउँद र विरेन्द चन्द,धनगढी उपमहानगरपालिका वडा २ का अध्यक्ष धर्मराज ओझा र ४ का बुद्धि बहादुर खड्का ,सुदूरपश्चिम प्रादेशिक कृकेट संघका अध्यक्ष बासुदेव जोशी,सचीव लक्ष्मण भट्ट,कोषाध्यक्ष दिनेश सिंह लगायतको उपस्थिति थियो।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]