12 months ago
March 30, 2024
चितवन (हाम्रो खेलकुद)- भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले चितवनको भरतपुरमा सम्पन्न इण्डो नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शनिबार भएको फाइनलमा मधेश प्रदेशमाथि ३ रनको रोमाञ्चक जित निकाल्दै तालतलाले उपाधि जितेको हो ।
१ सय ८९ रनको लक्ष्य पछ्याएको मधेश प ८ विकेटको क्षतिमा १ सय ८५ रन मात्र बनाउन सकेपछि तालतला ३ रनले विजयी भएको हो ।
मधेशलाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । क्रिजमा रहेका थिए अभिषेक तिवारी । अन्तिम ओभरको पहिलो बलमा अभिषेकले रन जोड्न सकेनन् । दोस्रो बलमा पनि उनले रन लिएनन् ।
उनले तेस्रो र चौथो बलमा छक्का, पाचौं बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरे । अभिषेकले अविजित ४९ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गरे ।
विशाल सुसलिङ २२ बलमा ५० रनको अर्धशतकिय पारी खेले । उनले ६ छक्का प्रहार गरे । शाहिल पटेलले २९ बलमा ३६ रन बनाए ।
तालतलाका लागि सन्दीप गुप्ता ४ ओभरमा ३९ रन खर्चिदै ३ विकेट लिए । सौरभ यादव र अभिषेक सिंहले समान २ र विजय यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको तालतलाले विकास चौधरीको अर्धशतकको मद्दतमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।
विकासले ३७ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ६७ रन बनाए । सन्दीप गुप्ताले २८ बलमा ३९ रन बनाए । रमन कदयनले २९ रन जोडे।
मधेशका अभिषेक तिवारीले ४ ओभरमा २८ रन खर्चिदै ४ विकेट लिए । विशाल पटेल, प्रजिभ यादव, भुलन सहनी र प्रदीप पासवानले समान १ विकेट लिए ।
तालतलाका सन्दीप गुप्ता फाइनलको प्लेयर अफ दि म्याच घोषित भए ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले विजेता, उपविजेता टोलीलाई पुरस्कृत गरे । चैत ८ गतेदेखि सुरु भएको प्रतियोगितामा २ भारतीय टोलीसहित ६ टोलीको सहभागिता थियो।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]