12 months ago
March 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ए विरुद्ध जारी ३ खेलको टि२० सिरिज एक खेल अगावै जितेको छ । शनिबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा ४० रनको जित निकाल्दै वल्भ्सले सिरिज जित पक्का गरेको हो ।
वल्भ्सले प्रस्तुत गरेको २ सय २५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ १८ औं ओभरमा १ सय ८४ रन जोड्दै अलआउट भयो । पछिल्लो खेल २१ रनले जितेको वल्भ्स लगातार दोस्रो जितका साथ २-० को अग्रता लिन सफल भयो । अन्तिम खेल सोमबार हुनेछ ।
नेपालका लागि ओपनर देव खनालले सर्वाधिक ४७ रन जोड्दा अन्य ब्याटरले ठूलो स्कोर खडा गर्न सकेनन् । लोकेश बमले आक्रामक सुरुवात दिलाएका थिए । १३ बलमा ३ चौका र २ छक्कासहित २५ रन जोडेका उनी चौथो ओभरको पहिलो बलमा आउट भए ।
कप्तान विनोद भण्डारीले पनि १३ बलमा २६ रन जोड्ने क्रममा ३ छक्का र १ चौका बनाए । उनी आउट हुँदा नेपाल ७ ओभरमा ९३-२ को स्थितिमा थियो । देव २५ बलमा ७ चौका प्रहार गर्दै बेन ह्वाइटको बलमा नवौं ओभरमा आउट भए ।
त्यसपछि किरण ठगुन्ना ३, आरिफ शेख १४, पवन सर्राफ १०, रशिद खान १ र विपिन खत्री १ ले निराश पारे ।
बसिर अहमद २३ बलमा ३ चौका सहित २७ रन जोडेर नवौं विकेटको रुपमा आउट भए । कमलले ११ रन बनाए ।
वल्भ्सका लागि बेन ह्वाइटले ३, फिओन ह्यान्ड र थोमस मेयसले २-२ तथा म्याथ्यु फोस्टर र ग्यारेथ डेलनीले १-१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन जोड्यो । वल्भ्सका कप्तान निल रक र पिजे मुरले अर्धशतक प्रहार गरे ।
रक ७१ बलमा नटआउट रहे । उनले ३४ बलमा १ चौका र ७ छक्का प्रहार गरे । फिओन ह्यान्डले ११ बलमा २ छक्कासहित नटआउट १९ रनको योगदान दिए ।
चौथो ओभरमा ओपनर जेम्स मक्कलम १३ बलमा ३ चौका र २ छक्कासहि २६ रन जोड्दै आउट भए । उनी सगर ढकालको बलमा विकेटकिपरबाट समातिए । त्यसको केहीबेरमा अर्का ओपनर रस अडेर पनि १७ रन जोड्दै सागरकै शिकार बने ।
स्टेफन डोहनी ४ र केड कार्माइकल १ रनमा आउट भएपछि आयरल्यान्ड ६६-४ को स्थितिमा पुगेको थियो । त्यसपछि पिटर मुरले कप्तान निल रकसँग ६१ रनको साझेदारी गरे । पुर् २६ बलमा ३ चौका र ७ छक्काको आक्रामक इनिङ खेल्दै बाउन्ड्रीमा समातिए ।
ग्यारेथ डेलानी १० रनमा आउट भए । नेपालका लागि सागर ढकालले ३ विकेट लिँदा कमल ऐरी र पवन सर्राफले १-१ विकेट हात परे ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]