default_image

5 months ago

March 30, 2024

नेपाल ‘ए’ ले टस जित्यो

2613 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो टि२० खेलमा टस जितेको छ ।

नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिए । नेपालले टोलीमा २ परिवर्तन गरेको छ । पवन सर्राफ र विपिन खत्री टोलीमा आउँदा हेमन्त धामी र अर्जुन घर्ती बेन्चमा छन् । आयरल्यान्डले पनि टोलीमा २ परिवर्तन गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २ सय १ रनमा समेटिएको थियो । एक समय सहजै जिततर्फ उन्मुख नेपाली टोली राम्रो फिनिसिङ नहुँदा हार बेहोर्न पुगेको थियो । लोकेश बमको शतक र आरिफ शेखको जिम्मेवारी इनिङले नेपाल बलियो स्थितिमा पुगेको थियो ।

आजको खेल जिते वल्भ्सले सिरिज जित्नेछ । शनिबार भएका कारण घरेलु समर्थकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ ।

नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी

बेन्च : हेमन्त धामी, विकास आग्री, नारायण जोशी,अर्जुन घर्ती

आयरल्यान्डको टोली :

निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, टम मेयस, जेम्स मक्कोलम, पिजे मुर, बेन व्हाइट

बेन्च : ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, मोर्गन टपिङ, लियाम मकार्थी

प्रशिक्षक : रायन इगल्सन

सहायक प्रशिक्षक : पिट जोन्सन, क्रिस ब्राउन

आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण (मार्च २४-अप्रिल७)

मार्च २४ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड वल्भ्स – नेपाल ६ विकेटले विजयी

मार्च २५ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड वल्भ्स – नेपाल ७१ रनले विजयी

मार्च २९ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स – वल्भ्स २१ रनले विजयी

मार्च ३० – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स

अप्रिल १ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स

अप्रिल ३ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स

अप्रिल ५ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स

अप्रिल ७ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड वल्भ्स

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.