default_image

11 months ago

March 29, 2024

कोलकत्ता नाइट राइडर्सको सानदार जित

2974 views

0 Bookmark

एजेन्सी – कोलकत्ता नाइट राइडर्स (केकेआर) ले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) माथि सानदार जित दर्ता गरेको छ । यस संस्करणको आईपिएलको दोस्रो जित दर्ता गर्ने क्रममा केकेआरले ७ विकेटको जित दर्ता गरेको हो ।

आरसिबिको घरेलु मैदान चिन्नस्वामी स्टेडियममा भएको खेलमा पाएको १८२ रनको लक्ष्य केकेआरले १९ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेटायो । केकेआरको जितमा भेन्कटेश ऐयरले ३० बलमा ५० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै ओपनर सुनिल नरिनले २२ बलमा ४७ रन बनाए भने कप्तान श्रेयस ऐयर २४ बलमा ३९ रन बनाएर अविजित रहे । अर्का ओपनर फिल साल्टले २० बलमा ३० रन बनाए ।

आरसिबिका लागि यश दयाल, मयंक डागर र विजयकुमार भिशाकले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबिले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन जोड्यो । घरेलु टोलीका लागि विराट कोहलीले ५९ बलमा सर्वाधिक ८३ रन बनाए । यस्तै क्यामरन ग्रीनले ,33, क्लेन म्याक्सवेलले २८ तथा दिनेश कार्तिकले २० रन जोडे ।

केकेआरका लागि हर्षित राना र आन्द्रे रसेलले २-२ तथा सुनिल नरिनले १ विकेट लिए ।

यो आरसिबिको ३ खेलमा दोस्रो हार समेत हो । भोलि हुने खेलमा लखनऊ सुपर जाएन्ट्स र सनराईजर्स हैदराबाद भिड्ने छन् ।

February 13, 2025

पाटिदार बेंगलुरुको कप्तानमा नियुक्त

एजेन्सी – आगामी महिनाबाट सुरु हुने आइपिएल २०२५ का लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलोरको कप्तान नियुक्त गरिएको छ । बिहीबार बेंगलुरुले टिम निर्देशक मो बोबत र मुख्य प्रशिक्षक एन्डी फ्लावरको उपस्थितिमा उक्त घोषणा गरेको हो । पाटीदारले सन् २०२१ देखि बेंगलुरुका लागि ३ सिजन खेलेका छन् । बेंगलुरुका लागि उनले २८ खेलमा १५८.८५ को […]

February 13, 2025

लिग टु – ओमानसँग अमेरिका पराजित

एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]

February 13, 2025

कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा

एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]

Success

Thank you for your time.