default_image

12 months ago

March 29, 2024

धनगढी र सिइसीको लगातार दोस्रो जित

140 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

धनगढी क्रिकेट क्लब र पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) काठमाण्डौ रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा शुक्रबार विजयी भएका छन् ।

समुह बी मा रहेका यी दुवै टोलीले लगातार दुई खेलमा जित हात पारेका छन् । पहिलो खेलमा धनगढी क्रिकेट क्लबले सेन्टर क्रिकेट एकेडेमी कास्कीलाई ३ विकेटले हरायो ।

दोस्रो खेलमा पल्सर सिइसीले न्यु होराईजन स्पोर्ट्स क्लब, बुटवललाई ५० रनले पराजित गरेको हो । दुवै टोलीले बिहीबार पनि जित निकालेका थिए ।

नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले आफ्नो बुबाको नामबाट आयोजित प्रतियोगिता रुपन्देहीको तिलोत्तमा निमार्णाधिन एक्स्ट्रा टेक ओभल अन्तराष्ट्रिय क्रिकेट मैदान भैरहेको छ ।

पहिलो खेलमा टस जितेर सेन्टर क्रिकेट एकेडेमी कास्कीले व्याटिङ गर्दै निर्धारित २५ ओभरमा ९ विकेटको क्षतिमा ८३ रन बनाएको थियो । जितका लागि ८४ रनको लक्ष्य पाएको धनगढीले २० ओभर २ बलमा ७ विकेटको क्षतिमा पुरा गर्यो ।

पहिले ब्याटिङ गरेको कास्कीका लागि सरोज खत्रीले १९ रन, नितेश गिरीले १३ रन बनाए‌ । धनगढीका सौर्य श्रेष्ठले ३, सचिन मल्लले २ र अशोक धामीले १ विकेट ल्याएका थिए ।

धनगढीको जितमा आकाश विष्टले ३२ रन, अशोक धामीले २२ रन नटआउटको योगदान गरेका थिए । बलिङतर्फ कास्कीका नितेश गिरी र रजत पौडेलले समान २ विकेट लिएका थिए । खेलमा नटआउट २२ रन तथा १ विकेट लिएका धनगढीका अशोक धामी म्यान अफ दी म्याच भएका थिए ।

दोस्रो खेलमा पल्सर सिइसीले दयानन्द मण्डलको ह्याट्रिकमा न्यु होराईजन स्पोर्ट्स क्लब, बुटवललाई ५० रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको सिइसीले २४ ओभरमा सबै विकेट गुमाउदै ९१ रन बनाएको थियो । जसमा सुमितसिंह बौडेलले २३ रन, प्रशान्त पण्डितले १८ रन जोडे। बलिङतर्फ न्यू होराइजनका निर्मल गुरुङले ३ तथा अमर मिश्राले २ विकेट लिएका थिए ।

जितका लागि पाएको ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको न्यु होराईजन स्पोर्ट्स क्लब, बुटवल १४ ओभरमा मात्र ४० रन बनाउदै अल आउट हुन पुग्यो । न्यू होराईजनलाई सस्तोमा समेट्ने क्रममा सिइसीका दयानन्द मण्डलले ह्याट्रिकसहित एक्लै ७ विकेट लिएका हुन्। सिइसीका दयानन्द मण्डल म्यान अफ दी म्याच भएका थिए ।

शनिबार प्रतियोगिताको छनोट चरणको अन्तिम दुई खेल हुने छन् । जसमा पहिलो खेल धनगढी क्रिकेट क्लब र पल्सर सिइसी तथा दोस्रो खेल सेन्टर क्रिकेट एकेडेमी कास्की र न्यु होराईजन स्पोर्ट्स क्लब, बुटवलबीच हुनेछ ।

आइतबारबाट सेमिफाइनल सुरु हुने छ । प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमिफाइनल र फाइनल खेल भने ४० ओभरको खेलाउनेछ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.