12 months ago
March 29, 2024
चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेटको फाइनलमा भिड्ने भएका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो।
जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । मधेशलाई जित्न अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो ।
अन्तिम ओभरको पहिलो बलमा प्रदिप पासवान रन आउट भए । दोस्रो बलमा अभिषेक तिवारीले रन जोड्न सकेनन् । तेस्रो र चौथो बलमा तिवारीले लगातार दुई छक्का प्रहार गर्दै मधेशलाई महत्त्वपूर्ण जित दिलाए ।
मधेशका लागि तिवारीले १४ बलमा नटआउट २३ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहन वि.क.ले ५० बलमा ८३ रन बनाए । उनले ६ चौका र ६ छक्का नै प्रहार गरे । उनकै महत्वपूर्ण इनिङले मधेशले बलियो टोली लखनउलाई पराजित गर्न सफल भयो । मधेशका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
लखनउका लागि प्रिन्स शाहीले ४ ओभरमा १६ रन खर्चिएर ५ विकेट लिए । मोहम्मद सरिम र कार्तिक यादवले समान १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । उसका लागि सन्दीप मितलले २६ बलमा ३६ रन, निखिल रावले २२ बलमा २३ रन बनाए ।
मधेशका भुलन सहनीले ४ ओभरमा १५ रन खर्चिदै ३ विकेट लिए । विशाल पटेल र अभिषेक तिवारीले समान १ विकेट लिए । मधेशका रोहन वि.क.प्लेयर अफ दि म्याच घोषित भएका थिए। लखनउ शीर्ष स्थान र मधेश चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो।मा रहेर सेमीफाइनलमा स्थान बनाएको थियो ।
शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गर्दै अर्को भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताले उपाधि नजिक पुगेको हो।
१ सय ४५ रनको लक्ष्य कोलकाताले १५.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रन बनाएर जित हासिल ग¥यो । कोलकातालाई सहज जित दिलाउन विकास चौधरीले ७१ रनको विष्फोटक इनिङ खेले । उनले ४२ बलमा ५ छक्का र ६ चौका प्रहार गरे ।
रमन कदयनले ३७ बलमा ३ छक्का र ७ चौकाको मद्धतमा ६० रन तथा कुनाल नगरले ६ बलमा १३ रन बनाए । सुदूरपश्चिमका लागि नरेन साउद २ र दीपक बोहोराले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश १ सय ४४ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ५८ रन बनाए । उनले ४३ बलमा १ छक्का र ६ चौका प्रहार गरे । बसन्त कार्कीले १९ बलमा ३४, दीपक बोहोराले १३ बलमा १५ रन बनाए ।
कोलकाताका सन्दीप गुप्ताले ३ ओभरमा १६ रन खर्चिदै महत्वपूर्ण ४ विकेट लिए । शौरभ यादवले ४ ओभरमा २१ रन खर्चिदै ३ विकेट लिए । अभिषेक सिंह, प्रशान्त र मिलन यादवले समान १ विकेट लिए । खेलमा कोलकाताका विकास चौधरी प्लेयर अफ दि म्याच घोषित भए । फाइनल शनिबार हुनेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]