12 months ago
March 29, 2024
चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता बन्दै सेमिफाइनल पुग्यो । सुदूरपश्चिमले आज तालतला इन्स्टिटाइट कोलकातालाई पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश पाएको हो।
सुदूरपश्चिमसंग समान ८ अंक जोडेको कोलकाता नेटरनरेटमा पछि रहेपनि सेमिफाइनल पुग्न सफल रह्यो। बागमती प्रदेशलाई पराजित गर्दै ४ अंकका साथ मधेश सेमिफाइनल पुग्ने चौथो टोली बन्यो।
प्रतियोगितामा एक मात्र जित निकालेको घरेलु टोली भरतपुर मेयर्स ११ र बागमती प्रदेश सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिए ।
लिग चरणको अन्तिम खेलम सुदूरपश्चिमले कोलकतालाई ८३ रनले पराजित गर्यो । सुदूरपश्चिमले दिएको २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १९.३ ओभरमा १ सय ३९ रनमा अलआउट भयो । कोलकताका लागि विजय यादवले सर्वाधिक ३७ बलमा ५० रन बनाए । कुनाल नगरले ३१ बलमा ४६ रन बनाए ।
सुदूरपश्चिमका लागि भोजराज भट्टले ४ ओभमा ३२ रन खर्चिदै ४ विकेट लिए । दीपक बोहोराले ४ ओभरमा १२ रन खर्चिदै ४ विकेट नै लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम खडक बोहोरा र दीपक बोहोराको अर्धशतकको मद्धतमा ७ विकेटको क्षतिमा २ सय २२ रनको योगफल तयार पारेको थियो । खडकले ३२ बलमा ६४ रन बनाए भने दीपकले २९ बलमा ५६ रनको पारी खेले । अभिषेक पालले ४० रन बनाए । कोलकताका लागि मिलन यादव र दिव्यांश यादवले समान २ विकेट लिए ।
त्यसअघि पहिलो खेलमा मधेशले बागमतीलाई ७ विकेटले पराजित गर्यो । वर्षाले मैदान खराब भएका कारण ८ ओभरमा छोट्याईको खेलमा बागमतीले मधेशलाई ७५ रनको लक्ष्य दिएको थियो । मधेशले ७.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । मधेशका लागि साहिल पटेलले सर्वाधिक ४३ रन बनाए ।
बागमतिका लागि इशान पाण्डेले २ विकेट लिए । पहिले ब्याटिङ गरेको बागमतीले ८ ओभरमा ५ विकेटको क्षतिमा ७४ रन बनाएको थियो । बागमतीका लागि इशान पाण्डेले २६ रन बनाएका थिए । मधेशका लागि प्रजिभ यादवले ३ विकेट लिए ।
दुवै सेमिफाइनल शुक्रबार हुनेछ। पहिलो सेमिफाइनल पिएसआर ग्रुप लखनउ र मधेशबीच हुनेछ । दोस्रो सेमिफाइनलमा तालतला इन्स्टिटाइट कोलकाता र सुदूरपश्चिमबीच हुनेछ । फाइनल चैत १७ गते हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]