12 months ago
March 28, 2024
एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो ।
१८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा आवेश खानले ४ रन मात्र दिएपछि दिल्लीले हार बेहोर्न पुग्यो ।
दिल्लीका लागि डेभिड वार्नरले ३४ बलमा सर्वाधिक ४९ रन बनाए । यस्तै ट्रिस्टन स्टब्सले २३ बलमा ४४ रनको अविजित इनिङ खेलेपछि हार टार्न सकेनन् । ऋषभ पन्तले २८ रन बनाउँदा मिचेल मार्शले २३ रन जोडे ।
राजस्थानका लागि नान्द्रे बर्गर त युजभेन्द्र चहलले समान २-२ विकेट लिए भने आवेश खानले १ विकेट लिए ।
त्यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले रियान परागको विष्फोटक इनिङको मद्दतमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । परागले ४५ बलमा ७ चौका र ६ छक्का सहित ८४ रन जोडेका थिए । उनी बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । रविचन्द्रण अश्विनले २९ तथा ध्रुव जुरेलले २० रन बनाएका थिए ।
दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरीक नोर्टजे, अक्सर पटेल र कुलदीप यादवले समान १-१ विकेट लिए ।
आईपिएलमा भोलि कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]