default_image

11 months ago

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

9154 views

0 Bookmark

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २७७ रनको योगफल खडा गर्यो ।

यो योगफल सँगै रोयल च्यालेन्जर्स बैंगलोरले २०१३ मा पुने वारियर्स इंडिया विरुद्ध बनाएको २६३ रनको योगफलको कीर्तिमान टुटेको छ ।

हैदराबादका लागि हेन्रीक क्लासनले ३४ बलमा ४ चौका र ७ छक्का सहित सर्वाधिक ८० रन बनाए । यस्तै अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन जोडे भने ट्राभिस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन बनाए । एइडन मारक्रमले २८ बलमा ४२ रनको योगदान गरे ।

मुम्बईमा सबै बलर महंगो सावित भए । १७ वर्षीय दक्षिण अफ्रिकी बलर क्वेना मफाकाले ४ ओभरमा ६६ रन खर्चिए । जस्तै कप्तान हार्दिक पन्ड्याले ४६, जेराल्ड कोटजीले ५७ रन दिंदै १-१ विकेट पनि लिए । अर्को एक विकेट पियुस चावलाले लिए । उनले २ ओभरमा ३४ रन खर्चिएका थिए । जस्पृत बुम्राहले ४ ओभरमा ३६ रन खर्चिए ।

जवाफमा मुम्बईमेल ५ विकेट गुमाएर २४६ रन बनाउन सक्यो । मुम्बईमा तिलक वर्माले सर्वाधिक ६४ रन बनाए । उनले ३४ बलमा २ चौका र ६ छक्का प्रहार गरे । यस्तै टिम डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० तथा रोहित शर्माले २६ रन बनाए ।

जयदेव उनादकट र प्याट कमिन्सले समान २-२ विकेट लिए । शाहबाज अहमदले १ विकेट लिए ।

यो हैदराबादको यस संस्करणको पहिलो जित हो । मुम्बई भने दुवै खेलन पराजित भएको छ । भोलि हुने खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

February 13, 2025

अफ्रिदी सहित ३ पाकिस्तानी आइसिसीको कारबाहीमा

एजेन्सी – त्रिकोणात्मक ओडिआई सिरिजमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा शाहीन शाह अफ्रिदी सहित ३ पाकिस्तानी खेलाडीलाई आइसिसीले कारबाही गरेको छ । अफ्रिदी सहित साउद शकील र कामरान गुलामलाई आइसिसीको आचार संहिताको लेभल १ उल्लङ्घन गरेको आरोपमा जरिवाना र डिमेरिट प्वाइन्ट दिइएको छ । अफ्रिदीलाई आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको आरोपमा म्याच फीको २५ प्रतिशत […]

February 13, 2025

पाटिदार बेंगलुरुको कप्तानमा नियुक्त

एजेन्सी – आगामी महिनाबाट सुरु हुने आइपिएल २०२५ का लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलोरको कप्तान नियुक्त गरिएको छ । बिहीबार बेंगलुरुले टिम निर्देशक मो बोबत र मुख्य प्रशिक्षक एन्डी फ्लावरको उपस्थितिमा उक्त घोषणा गरेको हो । पाटीदारले सन् २०२१ देखि बेंगलुरुका लागि ३ सिजन खेलेका छन् । बेंगलुरुका लागि उनले २८ खेलमा १५८.८५ को […]

February 13, 2025

लिग टु – ओमानसँग अमेरिका पराजित

एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]

Success

Thank you for your time.